२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेशमा लकडाउन थप कडाई गर्न मुख्यमन्त्री शाहीको निर्देशन

कर्णाली प्रदेशमा लकडाउन थप कडाई गर्न मुख्यमन्त्री शाहीको निर्देशन


सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले लकडाउनलाई कडाईका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन्। आइतबार मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको प्रदेश स्तरीय संकट नियन्त्रण केन्द्रको बैठकलाई सम्बोधन गर्दै शाहिले प्रदेश राजधानी वीरेन्द्रनगर सहित गाउँगाउँमा नागरिकहरुले लकडाउन उल्लंघन गरेको भन्दै आवश्यक बल प्रयोग गरेर भएपनि कारवाही गर्नु पर्ने बताएका हुन ।

लकडाउनको पालना नगरी चोक र चौतारामा जम्मा हुनेहरुलाई बल प्रयोग गरेर भएपनि लकडाउनलाई प्रभावकारी बनाउनु पर्ने उनको भनाई छ । कर्णाली प्रदेशका नागरिकको सुरक्षाको जिम्मेवारीप्रति सुरक्षा अंग संवेदनशिल हुन जरुरी छ।’ मुख्यमन्त्री शाहीले भने, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई संक्रमणबाट जोगाउन व्यक्तिगत सुरक्षा सामाग्रीको व्यवस्था गरिरहेका छौ, अपुग सामग्रीहरु आपूर्तिको तयारीमा छौ ।’

मुख्यमन्त्री शाहीले कोरोना भाईरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रणको दोश्रो चरणको तयारीलाई तिव्रता दिन समेत विषयगत समितिहरु लाई निर्देशन दिएका छन।वडास्तरमा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र स्वयंसेवकको टीम तयार गरि रोकथाम तथा नियन्त्रणको कामलाई प्रभावकारी बनाउनु पर्ने मुख्यमन्त्री शाहीको भनाई छ । यसका लागि सबै समितिहरुले आ–आफ्नो जिम्मेवारी तिब्रताका साथ पूरा गर्नुपर्छ उनले भने,मुख्यमन्त्री शाहीले कर्णाली प्रदेशका सिमा नाकाहरुमा समयमै हेल्थ डेस्क स्थापना गरेर स्वास्थ्य जाँच तथा आवागमनलाई कडाई गरिएका कारण अहिलेसम्म कर्णाली प्रदेशमना कोरोना भाईरसको संक्रमण नदेखिएको बताए।

लकडाउनपछि लुकीछिपी विदेशवाट गाउँमा पुगेका नागरिकबाट संक्रमणको जोखिम रहेको भन्दै मुख्यमन्त्री शाहीले बढी संक्रमण भएका मुलुकबाट गाउँमा पुगेका नागरिकको स्वाब संकलन गरेर परीक्षण कार्यलाई तिव्रता दिन पनि निर्देशन दिएका छन । वडास्तरका एकीकृत टोलीले सेल्फ क्वारेन्टाईनमा रहे-नरहेको अनुगमण गर्ने, एक घरबाट अर्को घरमा हुने आवत–जावतलाई कडाई गर्ने, खाद्यान्न वस्तुको अभाव भएका परिवारमा खाद्यान्नको आपूर्ति व्यवस्था मिलाउने, संकास्पद विरामीको स्वाव संकलनमा सहयोग गर्नेलगायतका काम गर्न मुख्यमन्त्रीले निर्देशन दिएका छन।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ