२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशदैलेखमा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता

दैलेखमा स्वास्थ्यकर्मीलाई प्रोत्साहन भत्ता


सुर्खेत-  (कोभिड–१९) कोरोना भाईरसको सम्भावित जोखिम रोकथाममा संलग्न स्वास्थ्यकर्मी तथा कार्यदलमा खटिने कर्मचारीलाई दैलेखको दुल्लू नगरपालिकाले प्रोत्साहन भत्ता प्रदान गर्ने भएको छ । नगरपालिका भित्र रहेका विभिन्न स्वास्थ्य संस्थामा कार्यरत स्वास्थ्य कर्मचारीलाई र कोरोना भाईरस रोग नियन्त्रण तथा रोकथाममा खटिएकाहरुलाई प्रोत्साहन भत्ता स्वरुप उपलब्ध गराईने भएको हो ।

नगरपालिकाको मंगलबार बसेको कार्यपालिका बैठकले उक्त निर्णय गरेको हो । यस्तो निर्णय गर्नेमा दुल्लु नगरपालिका जिल्लाकै पहिलो नगरपालिका हो ।

निर्णय अनुसार मेडिकल अधिकृतलाई ३ हजार, स्वास्थ्य कर्मचारी लाई २ हजार र श्रेणीविहीन कर्मचारीलाई १ हजार ५सय प्रोत्साहन भत्ता स्वरूप उपलब्ध गराईने छ। जसका लागि मंगलबार नै नगरपालिकाले रु. ६१ लाखको (कोरोना राहत) विपद व्यवस्थापन कोष स्थापना गरिएको दुल्लु नगरपालिकाका नगर–प्रमुख घनश्याम भण्डारीले जानकारी दिए ।

राहत विपत व्यवस्थापन कोषमा रकम जम्मा गरिदिन संघिय र प्रदेश सरकार लगायत विभिन्न संघ संस्था र व्यक्तिहरूलाई समेत अनुरोध गरिएको भण्डारीको भनाई छ । कोषमा जम्मा भएको रकम कोरोना नियन्त्रणका लागि स्वास्थ्य सामाग्री खरिद गर्ने, अति विपन्न परिवारलाई राहत वितरण गर्ने र कोरोना सम्बन्धीका विरामिका लागि यातायात सुविधा प्रदान गने समेत निर्णय गरिएको नगरपालिकाले जनाएको छ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ