२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमजदुर, विपन्न र विद्यार्थीलाई वीरेन्द्रनगर नगरपालिकाको राहत

मजदुर, विपन्न र विद्यार्थीलाई वीरेन्द्रनगर नगरपालिकाको राहत


सुर्खेत –  कोरोना संक्रमण फैलिन नदिन सरकारले घोषणा गरेको लकडाउनका कारण दैनिक गुजारा गर्नुपर्ने मजदुर तथा विद्यार्थीहरुको राहतका लागी वीरेन्द्रनगर नगरपालिकाले थप ८० लाख विनियोजन गर्ने निर्णय गरेको छ । नगरपालिका क्षेत्र बाहिर स्थायी ठेगाना भई वीरेन्द्रनगर नगरपालिका भित्र अस्थायी बसोबास गर्ने बासिन्दा मध्ये दैनिक ज्याला मजदुरी गरी साँझ बिहान छाक टार्नुपर्ने र बन्दको कारणले साँझ विहान न्यूनतम् खाद्यान्न ब्यवस्था गर्न नसकेका अति विपन्न मजदुर तथा विद्यार्थी परिवारहरुलाई न्यूनतम् खाद्यवस्तु (दाल, चामल, नुन तेल) उपलब्ध गराउन नगरपालिकाले थप रकम विनियोजन गरेको हो ।

नगरपालिकाका कार्यबाहक प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा बुधबार बसेको कार्यपालिकाको बैठकले नगरस्तरीय १६ वटा विभिन्न योजनाहरुबाट प्रति योजना पाँच लाखको दरले कटौती गरी जम्मा रकम ८० लाख बिनियोजन गरी कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा रकमान्तर गरी खर्च गर्ने निर्णय गरेका छ । जसका लागी राहत प्राप्त गर्ने सेवाग्रहीको विवरण सम्बन्धित घरधनी तथा टोल बिकास संस्थाको सिफारिसमा संकलन गरी वडा कार्यालय मार्फत वितरण गर्ने नगरपालिकाले जनाएको छ । यसअघि नगरपालिकाले बढीमा प्रतिवडा ५ लाखका दरले खर्च गर्ने गरि राहत वितरण गर्ने निर्णय गरेको थियो ।

पहिलो चरणको नगरपालिकाले हालसम्म विभिन्न वडा मार्फत करिव ६ हजार घर परिवारलाई राहत वितरण गरिसकेको प्रमुख प्रशासकिय अधिकृत टिकाराम ढकालले जानकारी दिए ।

उनका अनुसार मापदण्ड विपरित गलत नाम सिफारिस गर्ने घरधनी, टोल विकास पदाधिकारी र राहत लिने परिवारलाई समेत नगरपालिकाले कार्वाही गर्ने र आगामी दिनमा सेवा सुविधा रोक्ने गरी वितरित राहत असुल उपर गर्ने समेत निर्णय भएको छ ।
त्यसैगरि बैठकमा वीरेन्द्रनगर नगरपालिकाले निबाचित जनप्रतिनिअन्तर्गतका आफ्नो घर बहालमा दिएका सबै जनप्रतिनिधिले २०७६ चैत्रको एक महिनाको घर भाडा मिनाह गर्ने निर्णय गरेको छ । बैठकले नगरक्षेत्रभित्र आफ्नो घर बहालमा दिने अन्य घर धनीलाई समेत एक महिनाको भाडा मिनाह गर्न नगरपालिकाले आग्रह गर ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ