२०८१ जेठ ४, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेश१ सय १६ जनामा कोरोना परीक्षण, सबै रिपोर्ट नेगेटिभ

१ सय १६ जनामा कोरोना परीक्षण, सबै रिपोर्ट नेगेटिभ


सुर्खेत – कर्णाली प्रदेशमा ‘कोभिड १९’ को हालसम्म १ सय १६ जनामा कोरोना परीक्षण गर्दासम्म कसैमा पनि कोरोना भाइरसको संक्रमण देखिएको छैन । सुर्खेत र काठमाडौंमा गरेर हालसम्म एक सय १६ जनामा कोरोना परीक्षण गरिएको हो । तर अहिलेसम्म सबै रिपोर्ट नेगेटिभ आएको प्रदेश स्वास्थ्य सेवा निर्देशनाल सुर्खेतले जनाएको छ ।

बिहीवारसम्म कर्णालीको प्रदेश अस्पतालमा ८५ जनाको नमूना परीक्षण गरिएको छ । यसअघि ३१ जनाको काठमाडौंबाट कोरोना परिक्षण गरिएको थियो । हालसम्म परिक्षण गरिएका सबैको रिपोर्ट नेगेटिभ आएको हो । प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका ल्याव यूनिटि इन्चार्ज ओम आचार्यले प्रदेशमा अहिले सम्म कसैमा पनि कोरोना संक्रमण नदेखिएको जानकारी दिए ।

प्रयोगशालाको क्षमता कम

यहि चैत २० गतेबाट प्रदेश राजधानि सुर्खेतमा सञ्चालनमा ल्याईएको कोरोना भाईरस (कोभिड १९ ) को प्रयोगशालाको क्षमता कम हुँदा परीक्षणका लागि नमूना काठमाडौं नै पठाउनुपर्ने भएको छ । इन्चार्ज आचार्यका अनुसार बिहीबार मात्र ८५ जनाको नमूना परीक्षण गर्न काठमाडौं पठाइएको छ । सुर्खेतबाट ३९, सल्यानबाट १६ र रुकुमबाट ३० जनाको कोरोना परिक्षणको लागि नमुना काठमान्डौ पढाइएको उनको भनाई छ ।

प्रदेशमा ल्याइएको मेसिनले दैनिक दशदेखि १५ जनासम्मको मात्र परीक्षण गर्ने क्षमता भएकाले काठमाडौं पठाउनुपरेको उनको भनाई छ । आचार्यका अनुसार यस अघि जुम्लाका तीनसय २४, सुर्खेतका एकसय ६५, दैलेखको १० र कालिकोटबाट पाँच जनाको नमूना संकलन गरेर काठमाडौं पठाइएको थियो । काठमाडौं पठाइएका सबैको रिपोर्ट आउन बाँकि रहेको बताईएको छ ।

विशेष गरेर विदेशबाट आएकाहरुको पनि पहिचान गरेर संक्रमण परीक्षण गर्न थालिएको छ । ‘अहिले हामीले विदेशबाट आएका र कोरोना भाइरसको लक्षण देखिएका बिरामीहरुको परीक्षण गरेका छौँ । तर सबै रिर्पोट नेगेटिभ आएको छ’ आचार्यले भने ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ