२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसमाज जागरण केन्द्रद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण

समाज जागरण केन्द्रद्वारा स्वास्थ्य सामाग्री हस्तान्तरण


सुर्खेत – कोरोना भाईरस अर्थात (कोभिड–१९) को रोकथाम तथा नियन्त्रणका लागि समाज जागरण केन्द्र (स्याक) नेपालले सुर्खेतका दुई स्थानीयतहलाई कोरोना रोकथामका लागि आवाश्यक सामाग्री सहयोग गरेको छ । स्याक नेपालले एकद्धार प्रर्णाली मार्फत सुर्खेतको सिम्ता गाउँपालिका र चिङ्गाड गाउँपालिकालाई सामाग्री सहयोग गरेको हो ।

सिम्ता गाउँपालिकालाई १२० पीस साबुन, ५ लिटर सेनिटाईजर, ४ सय मास्क तथा ५ थान पिपिइ उपलब्ध गराएको छ भने चिङ्गाड गाउँपालिकालाई १० थान पीपीई, ३ लिटर सेनिटाईजर, साबुन ५० पीस र मास्क ५० थान उपलब्ध गराईएको स्याक नेपालका कार्यकारी निर्देशक टिकाराम आचार्यले जानकारी दिनुभयो ।

संस्थाका कार्यवाहक अध्यक्ष खगेन्द्रप्रसाद सापकोटाले सिम्ता गाउँपालिकाका अध्यक्ष कविन्द्रकुमार केसिलाई र चिङ्गाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दिर्घबहादुर बुढा मगरलाई आचार्यले शनिबार उक्त सहयोग सामाग्री हस्तान्तरण गर्नुभएको हो ।

विपदको समयमा यस संस्थाबाट भएको सहयोगले स्थानीयतहलाई कोरो विरुद्धको रोकथाम तथा नियन्त्रण अभियानमा थप सहयोग पुग्ने सिम्ता गाउँपालिका अध्यक्ष कविन्द्रकुमार केसिले बताउनुभयो । चिङगाड गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुढाले स्याक नेपालले उपलब्ध गराएको सामग्रीले गाउँपालिकालाई अभियान संचालनमा थप सहयोग पग्ने विश्वास व्यक्त गर्नुभयो । दुबै जनाले संकटको घडीमा सहयोग पु¥याउनु भएकोमा सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्दै निरन्तर सहयोगको अपेक्षा व्यक्त गर्नुभयो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ