गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णाली प्रदेशमा कोरोनाको द्रुत परीक्षण सुरु कर्णाली प्रदेशमा कोरोनाको द्रुत परीक्षण सुरु चन्द्रा कँडेल सोमबार, २०७७ वैशाख १ गते, १५:१९ मा प्रकाशित फाइल तस्वीर सुर्खेत – वीरेन्द्रनगरपालिकाले स्थानिय तहमै कोरोना भाईरस (कोभिड १९) को द्रुत परीक्षण (¥यापिड टेष्ट) सुरु गरेको छ । नगरमा रहेका चारवटा वडा स्वास्थ्य कार्यलयबाट स्थानिय तहका शंकास्पद १ सय ९५ जनामा कोरोनाको जाँच गरिएको हो । छिमेकी मुलुक भारत लगायत अन्य तेस्रो मुलुकबाट आइ होम क्वारेन्टाइनमा रहेकाहरुको परिक्षण थालिएको वीरेन्द्रनगर नगरपालिकाका कार्यबाहक नगर प्रमुख मोहोनमाया दकालले जानकारी दिइन । आइतबार द्रुत जाँच स्थल लाटिकोइली, उक्तरगंगा, कटकुवा र करेखोला स्वास्थ्यचौकिको अनुगमन गर्दै कार्यबाहक नगर प्रमुख ढकालले परिक्षणमा रिपोर्ट नेगेटिभ आए एक हप्ता होम क्वारेन्टाइनमा बस्न सुझाब सल्लाह दिने, पोजेटिभ आए थप परिक्षणका लागि सुर्खेतको कर्णाली प्रदेश अस्पतालमा पठाईने बताइन । यसका साथै राहात बितरणको काम पनि अगाडि बढाइरहेको ढकालको भनाई छ । नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत टिकाराम ढकालले कोभिड १९ को संक्रमण फैलिन नदिन कर्मचारिको ब्यापक परिचालनसंगै प्रदेश र संघ सरकारसंग सहकार्य गरेर काम गरिरहेको जानकारि दिए । आइतबार गरिएको सबै टेष्टको रिपोर्ट नेगेटिभ आएको वीरेन्द्रनगर जनस्वास्थ्य प्रबद्धन शाखाका प्रमुख पशुराम खड्काले बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार सुर्खेतमा सर्पले टोकेर एक जनाको मृत्यु कालिकोटको पलाँता अस्पतालका स्वास्थ्यकर्मी र सुरक्षा गार्ड कुटिए, अस्पताल तोडफोड कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट कर्णालीमा मानसिक स्वास्थ्यको अवस्था चिन्ताजनक कर्णालीका दुई जिल्ला डेंङ्गीको उच्च जोखिममा स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा… धेरै पढिएका १ तीन जना युवा बाल विशेषज्ञ चिकित्सकको ‘किड्स क्लिनिक’ २ सुदूर अब दुर नाई : पर्दा पछाडिको चिकित्सकीय यात्रा ३ नेपाल मेडिकल काउन्सिलको विशेष लाइसेन्स परीक्षामा ९३.४८ प्रतिशत उत्तीर्ण ४ को हुन् शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको नवनियुक्त कार्यकारी निर्देशक डा. आशिष ? ५ १०० करोड लगानीमा नागरिक कम्युनिटी टिचिङ हस्पिटल आफ्नै जग्गामा अत्याधुनिक ११ तलाको भवन बनाउँदैं ६ त्रिविकी एमबीबीएस गोल्डमेडलिष्ट डा. प्रार्थनाः जो भविष्यमा न्यूरो सर्जन बन्न चाहन्छिन् ७ सरकारले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको कार्यकारी निर्देशक ऐन विपरित नियुक्त गरेको खुलासा TFN ट्रेण्डिङ मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट कर्णालीलाई स्वास्थ्य र मेडिकल शिक्षामा विशेष प्राथमिकतामा राख्नेछौं : स्वास्थ्यमन्त्री नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त के गर्छ तेलले कपालमा ? कसरी गर्न सकिन्छ कपालको सुरक्षा ? रहस्यमयी नोवेल कोरोना भाइरस के हो? मापदण्ड विपरित प्रयोगशाला ठेक्कामा लगाउने निजी मेडिकल कलेज र अस्पतालहरुलाई स्पष्टीकरण सोधियो नेपाल रेडक्रस सोसाइटीका पूर्व अध्यक्ष संजीव थापा र पूर्व कार्यकारी निर्देशक उमेश ढकाल पक्राउ मिर्गौला स्वास्थ्यका लागि किन आवश्यक छ पिसाबको नियमित परीक्षण कालिकोटमा चिकित्सक र नर्समाथि कुटपिट कर्णालीलाई स्वास्थ्य र मेडिकल शिक्षामा विशेष प्राथमिकतामा राख्नेछौं : स्वास्थ्यमन्त्री नेपाल स्वास्थ्य अनुसन्धान परिषद्को अध्यक्षमा डा. सुधा बस्नेत नियुक्त के गर्छ तेलले कपालमा ? कसरी गर्न सकिन्छ कपालको सुरक्षा ? रहस्यमयी नोवेल कोरोना भाइरस के हो?