२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशवीरेन्द्रगरमा मजदुरलाई खाद्यान्न वितरण

वीरेन्द्रगरमा मजदुरलाई खाद्यान्न वितरण


सुर्खेत – वीरेन्द्रगर नगरपालिकाकामा डेरा गरि बस्दै आएका विभिन्न जिल्लाका मजदुरलाई खाद्यान्न वितरण गरिएको छ। युवा समाजसेवी एवं होटेल व्यवसायी राज देवकोटाले आफ्नो व्यक्तिगत पहलमा चार जिल्लाका ११ परिवारका ३२ जनालाई राहत वितरण गरेका हुन् ।

वीरेन्द्रनगरमा बसी साना व्यवसाय र दैनिक मजदुरी गरि घर खर्च चलाउँदै आएका परिवारमा खाद्यान्न अभाव भएपछी उनले चामल, दाल, तेल, मसला, तरकारी सहयोग गरेका हुन् । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको जोखिम हुन नदिन गरिएको लकडाउनले गर्दा कुनै पेशा, व्यवसाय नभएका ज्यालादारी काम गर्नेको परिवारमा खर्च चलाउनु मुस्किल भएपछी समाजसेवी देवकोटाले सहयोग गरेका हुन् ।

नगरपालिकाको देउती बज्यै, खजुरा, वुद्दपथ र तातापानीमा डेरामा र आफ्नै घरमा बस्ने विपन्न परिवारलाई तीन क्वीन्टल चामल, परिवार संख्याका आधारमा प्रती परिवार ३-४ केजी तरकारी, ५ परिवारलाई तेल र मसला गरि १८ हजार ७ सयको खाद्यान्न सहयोग गरिएको देवकोटाले जानकारी दिए । साथै उनले नगरपालिकामा बसेर पढ्ने विद्यार्थी, ज्येष्ठ नागरिक, समाजसेवामा खटिरहने व्यक्ति, सुरक्षाकर्मीलगायतलाई ११ हजारको सेनिटाइजर पनि वितरण गरेको बताए ।

‘धेरैलाई सेनिटाइजरको बारेमा थाहा पनि थिएन,’ उनले भने, ‘थाहा पाएर पनि किन्न नसक्नेलाई र अहोरात्र समाजसेवामा खट्नेलाई पनि सेनिटाइजर दिएँ ।’ देवकोटाले खाद्यान्न वितरण गरेका परिवारलाई नगरपालिकाले पनि राहत वितरण गरेको थियो । नगरपालिकाले उपलब्ध गराएको खाद्यान्नले पनि नपुगेकालाई आफुले सहयोग गरि सरकारलाई सघाएको बताए । राहत लिएका पीडितहरुले संकटको घडीमा अफुलाई सघाएको भन्दै खुसी व्यक्त गरे ।

लकडाउनले गर्दा काम र सानातिना व्यापार गर्नेहरुले आम्दानीको स्रोत नै बन्द भएको अवस्थामा सहयोग गरेकोमा समाजसेवी देवकोटालाई धन्यवाद पनि दिए । अछाम निवासी देवकोटा लामो समयदेखि वीरेन्द्रनगरमा रहि विभिन्न सामाजिक कार्यमा संलग्न हुँदै आएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ