२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्ला प्रदेशद्धारको हेल्थ डेस्कका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले पाए पिपिई

जुम्ला प्रदेशद्धारको हेल्थ डेस्कका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले पाए पिपिई


जुम्ला –  जुम्लाको प्रदेशद्धार नाग्म हेल्थ डेस्कमा खटिएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले पिपिई पाएका छन् । हेल्थ डेस्क स्थापना भएको तेस्रो हप्तामा स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले सुरक्षित स्वास्थ्य सामग्री पिपिई पाएका छन् ।  हेल्थ डेस्क स्थापना भएको तेस्रो हप्तामा जनस्वास्थ्य कार्यालय जुम्लाले चार थान स्वास्थ्यकर्मीका लागि र दुई थान सुरक्षाकर्मीका लागि पिपिई उपलव्ध गराएको हो ।

१० चैत ०७६ मा नाग्ममा हेल्थ डेस्क स्थापना गरिएको थियो । यसअघि हेल्थ डेस्कमा खरिटएका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले पिपिई बिना नै चेकजाँच गर्दै आएका थिए ।  हेल्थ डेस्क स्थापना पश्चात कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानले एक हप्ता स्वास्थ्यकर्मी परिचालन गरेको थियो भने दोस्रो हप्ता तिला र हिमा गाउँपालिकाले दुई दुई जना स्वास्थ्यकर्मी परिचालन गरेको थियो ।

तेस्रो हप्ता हेल्थ डेस्कमा तातोपानी गाउँपालिका र चन्दननाथ नगरपालिकाले दुई दुई जना स्वास्थ्यकर्मी परिचालन गरेको छ ।
जनस्वास्थ्य सेवा कार्यालय जुम्लाका प्रमुख कृष्ण प्रसाद सापकोटाको अनुसार अहिले जिल्ला भरीका स्वास्थ्य चौकीमा तीय सय थान पिपिई वितरण गर्ने तयारी गरेको छ । तातोपानी र तिला गाउँपालिका भित्रका स्वास्थ्य चौकीमा पिपिई वितरण गरिएको छ भने अन्य ठाउँमा वितरण गर्न तयारी भईरहेको उनले बताए । जुम्लाको प्रबेशद्धार नाग्म हेल्थ डेस्कमा चार थान स्वास्थ्यकर्मी र दुई थान सुरक्षार्कीका लागि पिपिई उपलव्ध गराएको छ ।

त्यसैगरी एक हजार जान मास्क, स्यानिटाइजर, ग्लोप्स र अन्य पाँच लाख रकमबराबरको सुरक्षित सामग्री वितरण गर्ने उनले बताए । स्थानीय तहले आफै पनि सुरक्षित सामग्री खरिद गरेका छन् उनले भने नपुेगको केही थप सहयोगको लागि जनस्वास्थ्यले वितरण गरेको हो ।

तिला गाउँपालिकाले चार वटा स्वास्थ्य चौकीमा कार्यरत स्वास्थ्यकर्मीलाई कोराना भाईस (कोभिड १९) को संक्रमण हुनबाट बच्न १० थान पिपिई वितरण गरेको छ । सो गाउँपालिका कुडारी, जुम्लाकोट, लिही र राँसा मालापानीमा रहेका स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई पिपिई वितरण गरेको हो ।

विरामीको स्वास्थ्य जाँच गर्न समस्या भएको थियो कोभिड १९ लाई मध्यनजर गदै गाउँपालिका विशेषगरी सुत्करी महिला देखि अन्य रोगका बिरामी स्वास्थ्य चौकीमा भिडभाड हुन्थ्ये पिपिई विना काम गर्दा कोभिड १९ को संक्रमण हुनेडरले मन डराउन्थ्ये सोमबार पालिकाले पिपिई सेट दिएकाले काम गर्न सजिलो भएको कुडारी स्वास्थ्य चौकीका इन्चार्ज हेल्थ असिस्टेन्ट विजय रावलले बताए ।

वडा कार्यालय भित्रका सबै स्थानीयको घरदैलोमा पुगेर मास्क, साबुन, सेनिटाइजर र अत्यावश्यक औषधि वितरण गरिएको प्रत्येक वडाको वडा कार्यालय, स्वास्थ्य चौकी लगायत मानिसको भीडभाड हुने कार्यालयमा मास्क, सेनिटाइजर लगायत साबुन पानीको व्यवस्था गरिएको गाउँपालिकाकको अध्यक्ष रतननाथ योगीको बताए ।

भारतबाट आएका २६ जनालाई १४ दिन क्वारेन्टाइन अवधिपछि घर फर्काएको र ५० बेडको क्वारेन्टाइन बनाएको प्रबक्ता सुन्तवीर रावतले बताए । तातोपानी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख गुरुप्रसाद उपाध्यायका अनुसार पालिकाले खरिद गरेको पिपिई आइपुगेको छैन । जनस्वास्थ्य सेवा कार्यालय जुम्लाले एक स्वास्थ्य संस्था बराबर ६ थान पिपिई र अन्य सुरक्षित स्वास्थ्य सामग्री प्रदान गरेको उनले बताए ।
चन्दननाथ नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य अधिकृत क्षेत्र महतका अनुसार नाग्म हेल्थ डेस्कमा खटाएका दुई जना स्वास्थ्यकर्मीलाई मात्र पिपिई दिएको बताए । उनले भने स्वास्थ्य संस्थामा मास्क, सेनिटाइर, प्लाष्टिकका गाउन दिएका छौँ तर नगरपालिकाले स्वास्थ्य सुरक्षित सामग्रीका पाँच लाख बजेट विनियोजन गरेको छ । पिपिई मगाएका छौँ तर आईपुगेको छैन उनले भने ।
पातारासी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख रतन बुढ्थापाका अनुसार पिपिई र थर्मल गण अहिलेसम्म पाउन सकिएको छैन । उनले भने अन्य सुरक्षित स्वास्थ्य सामग्री सवै स्वास्थ्य संस्थामा वितरण गरेका छौँ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ