गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ मुगुमा गर्भवती महिलाको उद्धार मुगुमा गर्भवती महिलाको उद्धार चन्द्रा कँडेल शनिबार, २०७७ वैशाख ६ गते, २१:१० मा प्रकाशित सुर्खेत – मुगुमा एक गर्भवती महिलालाई हेलिकप्टरबाट उद्धार गरिएको छ । जिल्ला अस्पताल मुगुमा उपचार सम्भव नभएपछि नेपाल सरकारद्धारा ती गर्भवतीको उद्धार गरी प्रदेश राजधानी सुर्खेत ल्याइएको हो । शुक्रबार सोरु गाँउपालिका वडा नम्बर १ घर भएकी २० बर्ष की ममता लावडलाई सुत्केरी व्यथा लागेपछि जिल्ला अस्पताल मुगुमा ल्याएको थियो । आमाको रगत परिक्षण गर्दा हेपटाईटिस ‘बी’ देखिको र अप्रेशन गर्न समस्या हुने भन्दै हेलीकप्टरमार्फत उद्दार गरी सुर्खेतको प्रदेश अस्तालमा लगीएको जिल्ला प्रशासन कार्यालय मुगुले जनाएको छ । पहिलो सन्तान त्यसमा पनि आमालाई हेपटाईटिरस ‘बी’ देखिएको र सुत्केरी हुने समय १४ दिन कटेकाले अपे्रसन गर्न उच्च जोखिम भएको भन्दै उनलाई अन्यत्त्र लैजान स्वास्थ्य कर्मीले सुजाव दिएका थिए । बच्चा जन्मेपछि यदि बच्चामा पनि हेटाइटिस पोजटिप देखिएमा लगाउने हेपटाईटिस ‘बी’ र एमिनोग्लोविन भ्याक्सिन जिल्ला अस्पतालमा नभएकाले गर्भवती महिलालाई सुर्खेत पठाएको जिल्ला स्वास्थ्य सेवा कार्यालयका प्रमुख डाक्टर निर्मल नगरकोटीले जानकारी दिए । महिला बालबालिका तथा जेष्ट नागरिक मन्त्रालय अन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रमले दुर्गमका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको उद्दार गर्दै आएको छ । मुगु जिल्लामा पनि यो सेवाबाट दर्जन बढी महिला लाभान्नित भएको जिल्ला प्रशासन कार्यालय मुगुका प्रमुख जिल्ला अधिकारी कृष्ण कुमार निरौलाले जानकारी दिए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको एक्स-रे मेसिन बिग्रेपछि सेवाग्राही मर्कामा सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने निर्वाचनलाई लक्षित गरेर एम्बुलेन्स सेवा व्यवस्थित गरिने खेलाडी साम्बालाई ट्राफिक प्रहरीको आर्थिक सहयोग वीरेन्द्रनगरमा १५ शय्याको सेवा कर्णाली अस्पताल सञ्चालनमा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको बहुवर्षीय गुरुयोजना एक दशकदेखि अलपत्र धेरै पढिएका १ सिभिल अस्पतालले बनायो १३ सदस्सीय निर्वाचन केन्द्रीत आपत्तकालीन स्वास्थ्य उपचार व्यवस्थापन समिति २ अमेरिकास्थित द म्याक्स फाउण्डेसनको ग्लोबल थिंक ट्यांक सदस्यमा नेपाली अंकोलोजिस्ट डा. शाही नियुक्त ३ ४ अर्ब लगानीमा बनेको ३०० शय्याको सन्जीवनी टिचिङ हस्पिटल माघ मसान्तबाट सञ्चालनमा आउने ४ मनमोहनमा सडक दुर्घटनामा परेर गम्भीर घाइते भएका लामिछानेको उपचारका क्रममा मृत्यु, मृत्युपछि क्षतिपूर्ति माग गर्दै प्रदर्शन ५ शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा प्राध्यापक र उप–प्राध्यापक पदमा ३ सयभन्दा बढी आवेदन ६ मुटुको क्षयरोग कसरी हुन्छ ? उपचार कसरी ? ७ हुम्ला अस्पतालमा सिटामोलसमेत अभाव, एक्स-रे सेवा ठप्प TFN ट्रेण्डिङ मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आँखाको दृष्टिका लागि फाइदाजनक योगासन सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण कर्णालीमा थप १४५ जनामा कोभिड पृष्टि, ५३० संक्रमणमुक्त कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ? मिर्गौला जोगाउन डा. पुकारका ७ सुझाव कसरी बनाउने ब्यालेन्स डाइट ? के-के राख्ने मेनुमा ? मेडिसिटी क्लिनिकको निःशुल्क स्वास्थ्य शिविरमा ६८ महिलाले लिए सेवा आँखाको दृष्टिका लागि फाइदाजनक योगासन सिंजाको कालिका खेतु प्राथमिक स्वास्थ्य केन्द्रमा रेविज विरुद्धको खोप लगाइने माया नर्सिङ होमले गर्यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण कर्णालीमा थप १४५ जनामा कोभिड पृष्टि, ५३० संक्रमणमुक्त कलेजो खराब हुँदा देखिन्छन् यस्ता लक्षण, कसरी जोगाउन सकिन्छ ?