२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीमा थप १४५ जनामा कोभिड पृष्टि, ५३० संक्रमणमुक्त

कर्णालीमा थप १४५ जनामा कोभिड पृष्टि, ५३० संक्रमणमुक्त


सुर्खेत – कर्णाली प्रदेशमा थप १ सय ४५ जनालाई कोभिड-१९ संक्रमण पृष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप १ सय ४५ जनालाई कोभिड-१९ संक्रमण पुष्टि भएको  स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको हो ।

निर्देशनालयका अनुसार पछिल्लो २४ घण्टामा २ सय ९४ जनाको आरटी पीसीआर परीक्षण गरिएकोमा १ सय ३५ जनामा संक्रमण पुष्टि भएको हो  ।

यस्तै, पछिल्लो २४ घण्टामा  थप ५ सय ३० जनाले कोरोना जितेर डिस्चार्ज भएका छन् ।

यस्तै, पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ । योसँगै कर्णालीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ७५ पुगेको स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतले जनाएको छ ।

 पछिल्लो २४ घण्टामा २ सय ८७ जना आइसोलेसनमा संक्रमित थपिएका छन् ।

कर्णालीमा हालसम्म १७ हजार ८ सय ५२ जनाले कोरोना संक्रमण जितेका छन् । हाल कर्णालीमा सक्रिय संक्रमितको संख्या ६ हजार ५ सय ८० रहेको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ