२०८३ असार २१, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य बीमा बन्द

स्वास्थ्य बीमाको दररेटअनुसार सेवा दिन नसक्ने भन्दैं जिल्ला अस्पताल कालिकोटमा स्वास्थ्य बीमा बन्द


वीरेन्द्रनगर—जिल्ला अस्पताल कालिकोटबाट हुने स्वास्थ्य बीमा बन्द भएको छ । जिल्ला अस्पताल कालिकोटले सरकारद्वारा सञ्चालित स्वास्थ्य बीमा कार्यक्रम बन्द गरेको हो ।

स्वास्थ्य बीमा कार्यक्रममार्फत निर्धारण गरिएको दररेटअनुसार सेवा दिन नसक्ने भन्दै जिल्ला अस्पताल कालिकोटले बीमामार्फत हुने उपचार सेवा बन्द गरेको जनाएको छ । अस्पतालमा बीमा सेवा बन्द गर्दा सर्वसाधारण मारमा परेका छन् ।

जिल्ला अस्पतालले ठूलो आर्थिक घाटा बेहोर्नुपरेको र बीमा बोर्डको दररेटअनुसार सेवा दिन सक्ने अवस्था नभएका कारणले गत २४ जेठदेखि स्वास्थ्य बीमाअन्तर्गतका सम्पूर्ण सेवा बन्द गरेको स्वास्थ्य सेवा कार्यालय कालिकोटका जनस्वास्थ्य अधिकृत कटक महत जानकारी दिए ।

‘लामो समयदेखि बीमाको भुक्तानी नहुँदा अस्पतालमा चरम आर्थिक भार बढेको छ,’ उनले भने, ‘यसले गर्दा अस्पतालको नियमित सेवा सञ्चालन, औषधि खरिद तथा आवश्यक स्वास्थ्य सामग्री व्यवस्थापनमा गम्भीर समस्या उत्पन्न भएको छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ