२०८३ असार ५, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने

सेवा कर्णाली अस्पतालले शनिबार निःशुल्क स्वास्थ्य जाँच गर्ने


वीरेन्द्रनगर–सुर्खेतको वीरेन्द्रनगर–३ मुलपानी चोकमा रहेको सेवा कर्णाली अस्पताल प्रा.लि.ले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाको निःशुल्क स्वास्थ्य जाँच गर्ने भएको छ । शनिबार अस्पतालले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंयमसेविका र सर्वसाधारणको निःशुल्क स्वास्थ्य जाँच गर्ने भएको हो ।

आम नागरिक, स्वास्थ्य क्षेत्रमा खट्ने स्वंयमसेविका तथा स्वास्थ्यकर्मीको मनोबल उच्च बनाउनका लागि निःशुल्क स्वास्थ्य जाँचको व्यवस्था मिलाइएको सञ्चालक किशोरकुमार रावलले बताए ।

‘सामाजिक उत्तरदायित्व अन्र्तगत यो काम गर्न लागेको छौं,’ उनले भने, ‘शनिबारका दिन आम नागरिकको स्वास्थ्य जाँच निःशुल्क हुनेछ भने अरु दिनमा स्वास्थ्यकर्मी तथा स्वास्थ्य स्वंयमसेविकाको निःशुल्क जाँच गर्नेछौं ।’

निःशुल्क स्वास्थ्य जाँच सेवामा सुगर, प्रेसर जाँचलगायतका अन्य सेवा प्रदान गरिने अस्पतालले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ