२०८० चैत्र १५, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा कोरोना संक्रमितको संख्या १३ पुग्यो

जुम्लामा कोरोना संक्रमितको संख्या १३ पुग्यो


जुम्ला – जुम्लामा कोरोना संक्रमितको संख्या १३ पुगेको छ । वैशाख १५ गतेको रिपोर्टअनुसार जुम्लाको कोरोना संक्रमितको संख्या १३ पुगेको सहायक प्रमुख जिल्ला अधिकारी नन्दराम चौलागाईले बताए ।

बैशाख पहिलो सातादेखि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा दोस्रो लहरको पीसीआर परीक्षण गर्न थालेको हो ।

परीक्षणको क्रम जारी नै रहेकोले संक्रमणको दर बढ्ने सम्भावना रहेको अधिकारी चौलागाईले बताए । वैशाख १४ गतेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले शिक्षण संस्था बन्द गर्ने निर्णय गरेको छ ।

कोरोना संक्रमणको त्रास हुँदा  पनि बजारमा भिडभाड नरोकिएको नेपाल पत्रकार महासंघ जुम्लाका अध्यक्ष नेत्रबहादुर शाहीले बताए । उनले भने भिडभाड रोक्न आवश्यक भएकाले सवै नागरिक सचेत हुन जरुरी छ । माक्स प्रयोग नगर्नेको पनि संख्या भएकाले अनिवार्य माक्स प्रयोग गर्नुपर्ने र प्रयोग नगर्नेलाई कारवाही गर्नुको विकल्प नरहेको उनको भनाई छ ।

यता, जिल्ला प्रहरी कार्यालय, सशस्त्र प्रहरी बलले पनि जनस्वास्थ्य सुरक्षाका मापदण्ड अपनाउन अपिल गरेको छ । प्रहरी नायव उपरिक्षक दानबहादुर थापाका अनुसार सडकमा हिड्ने व्यक्तिहरुलाई माक्स वितरण गर्ने स्वास्थ्य सुरक्षा अपनाउन अपिल गरेका छौँ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ