२०८३ असार ११, बिहीबार
Health Aawaj logo
गृहपृष्ठप्रदेश १मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए

मेट्रो न्यूरो हस्पिटलमा तीन जना वरिष्ठ चिकित्सक भित्रिए


विराटनगर—विराटनगर–९ मा अवस्थित मेट्रो न्यूरो ट्रमा एण्ड मल्टीस्पेशालिटी हस्पिटलमा तीन जना वरिष्ठ विशेषज्ञ चिकित्सकहरुले सेवा दिने भएका छन् । सोमबार हस्पिटलले एक कार्यक्रमको आयोजना गरी नयाँ तीन जना अनुभवी  चिकित्सकलाई स्वागत गर्ने तयारी गरेको छ ।

हस्पिटलका उपाध्यक्ष गोविन्द लुइटलेका अनुसार वरिष्ठ मुटुरोग विशेषज्ञ डा. ज्ञानेन्द्र गिरी, वरिष्ठ हाडजोर्नी तथा नशा रोग विशेषज्ञ डा. प्रदीप कुमार गुप्ता र यौन, छाला तथा सौन्दर्य विशेषज्ञ डा. अभिनारायण घिमिरेले अब मेट्रो न्यूरो हस्पिटलबाट नियमित सेवा प्रदान गर्नेछन् ।

भित्रिएका चिकित्सकहरुमध्ये डा. ज्ञानेन्द्र गिरी पूर्वाञ्चलकै पहिलो मुटुरोग विशेषज्ञ हुन् । उनले एम्स दिल्लीबाट एमडी, कोलोराडो विश्वविद्यालय अमेरिकाबाट एफएसीसी कार्डियोलोजी फेलोसिप गरेका छन् । डा. गिरीले ४५ वर्षदेखि स्वास्थ्य सेवा दिदैं आएका छन् ।

डा. घिमिरेले छाला तथा यौन रोग सम्बन्धी आधुनिक उपचार सेवा प्रदान गर्दै आएका छन् । डा. घिमिरे ५० वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।

त्यस्तै, डा. प्रदीपकुमार गुप्ता ट्रमा, अर्थोप्लास्टी र अर्थोस्कोपिक सर्जरीमा विशेषज्ञता हासिल गरेका अनुभवी चिकित्सक हुन् । डा. गुप्ताले २५ वर्षदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएका छन् ।

न्यूनतम शुल्कमा विश्वस्तरीय प्रविधिबाट स्वास्थ्य सेवा प्रदान गर्दै आएको यस हस्पिटलले अनुभवी चिकित्सकहरुको थपसँगै सेवाग्राहीले अझ भरपर्दो उपचार पाउने विश्वास लिएको छ । हाल मेट्रो न्यूरो हस्पिटलमा २४ सै घण्टा न्यूरो सर्जरी, अर्थो सर्जरी, नाक–कान घाँटीको अपरेशन, दाँत तथा मुखको शल्यक्रिया, जनरल तथा ल्याप्रोस्कोपिक सर्जरी, भास्कुलर सर्जरी र प्लास्टिक सर्जरी सेवा उपलब्ध छ । साथै, भेन्टिलेटरसहितको न्यूरो आईसीयू , एनआईसीयू र चौबिसै घण्टा प्रसूति सेवा समेत सञ्चालनमा रहेको हस्पिटल प्रशासनले जनाएको छ ।


क्याटेगोरी : प्रदेश १



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ