२०८१ वैशाख १३, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशमाया नर्सिङ होमले गर्‍यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण

माया नर्सिङ होमले गर्‍यो पत्रकार र प्रहरीलाईलाई दुई लाख बढीको स्वास्थ्य सामग्री हस्तान्तरण


सुर्खेत – सुर्खेतस्थित माया नर्सिङ होमले कोभिड-१९ रोकथाम तथा नियन्त्रणमा अग्रपंक्तिमा खटिएका पत्रकार र ड्युटीमा खटिएका प्रहरीहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । बुधबार विहान नर्सिङ होमले नेपाल पत्रकार महासंघ सुर्खेत शाखामार्फत पत्रकारहरुलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको हो ।

नर्सिङ होमका संरक्षक एवं प्रदेश अस्पतालका निर्देशक डा. डम्बर खड्का, नर्सिङ होमका प्रवन्ध निर्देशक विष्णुबहादुर खड्काले पत्रकार महासंघ सुर्खेतका अध्यक्ष ललित बसेललाई १० हजार ५०० थान मास्क र २१० थान सेनिटाइजर हस्तान्तरण गरेका हुन् ।

महासंघ सुर्खेतका अध्यक्ष ललित बसेलले अग्रपंक्तिमा खटिएका पत्रकारहरुलाई नर्सिङ होमले प्रदान गरेको स्वास्थ्य सामग्रीले रिपोर्टमा जोखिम न्यूनीकरण गर्न सहज बनाउने विश्वास व्यक्त गरे।

उनले पत्रकारहरुलाई गरेको सहयोगप्रति धन्यवाद दिंदै अग्रपंक्तिमा खटिएका पत्रकारहरुको हातहातमा ती सामग्री पु¥याइने प्रतिवद्धता गरे।
नर्सिङ होमका प्रवन्ध निर्देशक विष्णुबहादुर खड्काले पत्रकारहरु पनि जोखिममा पर्ने हुँदा कोरोना नियन्त्रण तथा रोकथामका लागि सहयोग गर्न पाएकोमा खुशी व्यक्त गरे ।

यस्तै, नर्सिङ होमका प्रवन्ध निर्देशक विष्णुबहादुर खड्काले मंगलगढी, यरी चोक, बांगेसिमल, एयरपोर्ट चोक, कपासे, सुवाकुना, धुलियाविट, भैरवस्थान, गणेशचोकमा ड्युटीमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी करिव एक सय बढीलाई मास्क र सेनिटाइजर वितरण गरेका छन् ।

पत्रकार तथा प्रहरीलाई गरी नर्सिङ होमले करिव दुई लाख बढीको सामग्री निःशुल्क प्रदान गरेको बताइएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ