२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशनागरिकलाई स्वास्थ्य सामग्री

नागरिकलाई स्वास्थ्य सामग्री


सुर्खेत- मुगुको छायाँनाथ रारा नगरपालीकाले नगर क्षेत्रमा कोरना भाईरस कोभिड(१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागी नगरभित्रका ५ हजार ५ सय घुरधुरीका २६ हजार घरपरिवारलाई स्वास्थ्य समाग्री बितरण गरेको छ । विहिबार र शुक्रबार  सर्वसाधरणलाई कोभिड १९को संक्रमण नफैलियोस भन्ने हेतुले प्रति ब्यक्ति सरसफाईका सामग्री सर्जिकल मास्क, हातधुने साबुन र प्रति घरलाई १ सय एम एलहात सफा राख्ने सेनिटराईजर वितरण गरिएको नगरपालिकाले जानाएको हो ।

आर्थिक बर्ष ०७६/७७ मा छाँयानाथ रारा नगरपालिकाका १४ वडामा बिनियोजित गरेको कुल बजेटबाट रकमान्तरण गरी प्रत्येक वडाबाट ७ लाख ५० हजार र बाँकि रकम नगरपालिकाले व्यहोर्ने गरि कुल १ करोड १० लाखको विपत कोष स्थापना गरेको छ ।

कोभिड १९को संक्रमण रोकथाममा नगरभित्रका १४ वडाका ५ हजार ५ सय घरधुरीका २६ हजार परिवार र नगरपालिका भित्रका स्वास्थ्य संस्थालाई पुग्ने स्वास्थ्यतथा सरसफाईका सामग्री सोहि कोषबाट खरिद गरि बितरण गरेको छाँयानाथ रारा नगरपालिका स्वास्थ्य शाखा संयोजक शिवहरी रोकायाले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ