२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना महामारीको संकटमा पनि राज्यले डाक्टर पठाएन

कोरोना महामारीको संकटमा पनि राज्यले डाक्टर पठाएन


जुम्ला – जुम्लाको हिमा गाउँपालिकाको कालिकाखेतुस्थित तीन शड्ढयाको प्राथमिक स्वास्थ्य केन्द्रमा दुई वर्षयता चिकित्सक छैनन । दरबन्दी भए पनि डाक्टरको सेवा पाउनबाट यहाँका स्थानीय वञ्चित हुँदै आएका छन् ।

अस्पतालमा कार्यरत चिकित्सक रत्नवीर सुनार ०७४ मा अध्ययन बिदामा गएदेखि केन्द्रमा कुनै डाक्टर नआएका हिमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाले बताए । त्यस्तै, कर्मचारी समायोजनबाट प्राथमिक स्वास्थ्य केन्द्रमा परेका चिकित्सक रोशन खत्री अहिले सम्पर्कमै नरहेका बुढाले बताए । अस्पताल अनमि, हेल्थअसिस्टेन र अहेवको भरमा चलिरहेको छ । ‘सामान्य रुघाखोकी, ज्वरोबाहेक अलि जटिल खालको उपचार गर्न कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जानुपर्ने बाध्यता छ,’ बुढाले भने । फैलिदो कोरोना महामारी भाइरसले जनमानस आतंकित हुदा सम्वन्धीत स्वास्थ्य मन्त्रालयले दरबन्दी अनुसार चिकित्सक पठाउन सकेको छैन अरुबेला के आश गर्नु ?

कोरोना भाइरसको संक्रमण फैलिदो अवस्थामा छ । तर प्राथमिक स्वास्थ्य केन्द्रमा मेडिकल अधिकृत नहुँदा समस्या परिरहेको छ । गाउँपालिकाले खडा गरेको हेल्थ डेस्कमा समेत दक्ष जनशक्ति आवश्यक रहेको छ । हिमा गाउँपालिको मेडिकल अधिकृत व्यवस्था गरिदिनको लागि नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसंग आग्रह गरेको थियो । दुई पटक कार्यपालिका बैठकले गरेको निर्णयसहित पत्राचार भएपनि कुनै सुनुवाइ नभएको प्रमुख प्रशासकीय अधिकृत बुढा बताए । उनले भने, ‘यहाँ सुविधा सम्पन्न प्राथमिक स्वास्थ्य केन्द्र छ । तर मेडकल अधिकृत नहुँदा चिकित्सकीय सेवा प्रदान गर्न सकिएको छैन् । सामान्य उपचार गर्न खलंगा पुग्नु पर्ने यहाँका बिरामीको बाध्यता छ ।

केन्द्रमा चिकित्सक, सिनियर अहेव र स्टाफ नर्सको दरबन्दी रिक्त छ । बुढाले भने, ‘चिकित्सक नहुँदा उपचारमा समस्या छ, चिकित्सक पठाइदिन पटक–पटक अनुरोध गर्दा पनि सम्बन्धित निकायले सुनुवाइ नै गरेन ।’ औषधि अभाव नभए पनि दक्ष जनशक्ति नहुँदा उपचार तथा स्वास्थ्य परीक्षणमा समस्या भइरहेको उनको भनाई छ ।

केन्द्रमा दैनिक ४०–५० जनासम्म रुघाखोकी, ज्वरो, पखाला, टाउको दुख्नेजस्ता बिरामी उपचारका लागि आउने गरेका हिमा गाउँपालिका स्वास्थ्य शाखा संयोजक रतन रावतले बताए । हाल स्वास्थ्य केन्द्रमा हेल्थ असिस्टेन्ट एक, अहेव दुई, अनमि तीन, ल्याब असिस्टेन्ट एकजना मात्र छन् ।

कोरोना संक्रमण फैलन नदिनका लागि चौतर्फी सतर्कता अपनाइरहेको बेला यहाँ चिकित्सक नहुँदा समस्या छ । स्वास्थ्य संयोजक रावतले भने सरकार समस्या बुझ्दैन । सेवाग्राही स्वास्थ्यकर्मी माथि आक्रोशित हुन्छन् । गाउँगाउँमा कोभिड १९ को त्रास छ । घरदैलोमा पुगेर बिरामीको उपचार गर्नु पर्ने बेला हो । स्वास्थ्य संयोजक रावत भने, मेडिकल अधिकृत नै नहुँदा समस्यामा छौँ ।’ पछिल्लो समयमा स्वास्थ्य केन्द्रमा चेकजाँच गराउन आउनेका संख्यामा समेत बृृद्धि भएको छ ।

यहाँ ल्याव सेवा छ । एक्सरे पनि हुन्छ । तर रिर्पोट हेर्ने मेडिकल अधिकृत चिकित्सक छैनन् उनले भने, नाम मात्रको प्राथमिक स्वास्थ्य केन्द्र छ । न प्रभावकारी सेवा छ । नत संरचना अनुसार दरबन्दी नै । यहाँ आकस्मिक दुई र डेलिभरी एक गरी तीन बेड छन् ।

यो गाउँपालिकामा ३ वटा स्वास्थ्य चौकी र ४ वटा सामुदायिक स्वास्थ्य केन्द्र छन् । अहिले सबै स्वास्थ्य संस्थामा तीन महिनालाई पुग्ने औषधि भण्डारण गरिसकिएको छ । तर स्वास्थ्य संस्थाबाट रेफर भएर आउने बिरामी हेर्ने चिकित्सक नहुँदा निकै समस्या छ । गाउँपालिका अध्यक्ष रजबहादुर शाही तत्काल मेडिकल अधिकृत व्यवस्थापन गर्न नेपाल सरकारलाइ आग्रह गर्छन् ।

चार वर्षदेखि औषधालय चिकित्सकविहीन

हिमास्थित आयुर्वेद औषधालय पनि चार वर्षदेखि चिकित्सकविहीन छ । जसका कारण सेवाग्राही मर्कामा परेका छन् । चिकित्सक रमेश केसी ०७२ मंसिरमा सरुवा भएपछि चिकित्सक विवेक गुप्ता अस्थायी रूपमा आएका थिए । उनी एक महिना पनि काम नगरी फर्किएपछि औषधालय डाक्टरविहीन बनेको हो । अहिले वैद्य गोर्खबहादुर रावतको भरमा औषधालय चलिरहेको छ । सामान्य बिरामी आउँदा सेवा दिए पनि जटिल प्रकृतिका बिरामी आउँदा समस्या हुने गरेको रावतले बताए ।

औषधालयमा चिकित्सक नभएपछि शल्यक्रियासहितको उपचार हुन नसकेको उनले बताए । ‘न्यूनतम शुल्कमा पाइल्स, घाउखटिराका शल्यक्रिया गर्ने गरेका थियौँ । अहिले चिकित्सक नभएपछि त्यो काम हुन सकेको छैन,’ उनले भने, ‘आयुर्वेद विभागमा पटक–पटक पत्राचार गरेर चिकित्सक पठाइदिन माग गरेका छौँ । अहिलेसम्म सुनुवाइ भएको छैन ।’ रावतका अनुसार चिकित्सकीय सेवा र सामान्य स्वास्थ्यकर्मीले दिने सेवामा धेरै फरक हुन्छ । ‘त्यसैले पनि चिकित्सक पठाइदिन वेलावेलामा ताकेता गरेका छौँ । तर, पनि विभागले सुनुवाइ गरेको छैन,’ रावतले भने ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ