२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा साढे सय बढीकोे कोरोना परीक्षण, रिपोर्ट नेगेटिभ

जुम्लामा साढे सय बढीकोे कोरोना परीक्षण, रिपोर्ट नेगेटिभ


जुम्ला – कोरोना भाइरसको संक्रमणको त्रासले भारत र तेस्रो मुलकबाट जुम्लाका आएका चार सय ८३ जनाको परीक्षण गरिएको छ ।
पहिलो साता देखि जुम्ला भित्रिएका नागरिकहरुको कोरोना परीक्षण गर्दा सवै जनाको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण प्रसाद सापकोटाले बताए ।

उनले भने, ‘तीन सय ३९ जनाको स्वाब परीक्षण गरिएको थियो भने एक सय ४४ जनाको ¥यापिड डाइगोनोस्टिक टेष्ट गरिएकोमा सवै जनाको रिपोर्ट नेगेटिभ आएको हो ।’ बाहिर जिल्लाबाट आउने क्रम जारी नै छ उनले भने उनीहरुलाई क्वारेन्टाइनमा राख्ने र १४ दिनपछि ¥यापिड डाइगोनोस्टिक टेष्ट गरिने छ।

त्यसैगरी जुम्लाका विभिन्न पालिकामा आठ वटा स्थानमा स्थापना गरिएको हेल्थ डेस्कमा पाँच हजार एक सय ३९ जनाको स्वास्थ्य परीक्षण गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । उनले भनिन् १४ दिन क्वारेन्टाइनमा बसेर दुई सय ६३ जना घर फिर्ता भएका छन् भने १३ जना क्वारेन्टाइनमा छन् ।

जिल्लामा अहिले दुई सय ५६ बेडको क्वारेन्टाइन कायम गरिएको छ । गत १० चैतमा जुम्ला जिल्लालाई लकडाउन गरेदेखि पाँच सय १३ सवारी साधन कारवाहीमा परेका छन् । लकडाउन उल्लंघन गर्ने चार सय ३० वटा मोटरसाइकल र ८३ वटा चार पाङ्गे सवारी साधन नियन्त्रणमा लिई कारवाही गरिएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ