२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसुर्खेतमा राहतको लागि १०१ नम्बरको टोल फ्रि नम्बर संचालनमा

सुर्खेतमा राहतको लागि १०१ नम्बरको टोल फ्रि नम्बर संचालनमा


सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना भाइरस (कोभिड(१९) का कारणले लकडाउनमा परेका अति विपन्न र मजदुरलाई राहत दिनका लागि टोल फ्रि नम्बर सञ्चालनमा ल्याएको छ । नगरपालिकाले दोश्रो चरणको राहत वितरणका लागि अति विपन्न, बेखर्ची र मजदुरलाई राहत दिनका लागि १०१ नम्बरको टोल फ्रि नम्बर संचालनमा ल्याएको हो ।

कोरोना भाइरसका कारण समस्या परेका नागरिकले १०१ नम्बरमा आफ्ना समस्या, गुनासा र सुझाव रेकर्ड गराउन सक्ने नगरपालिकाले जनाएको छ । टोल फ्रि नम्बर १०१ संचालनमा आएसंगै कोरोना भाइरसका कारण जो कैलाई परेको समस्याका बारेमा जानकारी गराउन सक्ने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख प्रसकिय अधीकृत दिकाराम ढकालले जानकारी दिए ।

लकडाउनबाट प्रभाबित अति विपन्न एंवम मजदुर र बेखर्चीकालागी आजका मितिबाट दोस्रो चरणको बिशेष राहतको ब्यबस्था मिलाएको भन्दै यस्ता ब्यतिले नगरपालिकाको आपतकालिन केन्द्रको सम्पर्क नबर १०१ मा सम्पर्क गरी आफ्नो नाम ठेगाना टिपाउन सम्पूर्णमा नगरपालिकाले अनुरोध गरेको छ ।

यसरी राहतकालागि नाम टिपाएका व्यक्तिहरुको घरदैलोसम्म वडा कार्यालयको समन्वयमा पुगी नगर कार्यपालिकको कार्यालयका कर्मचारीको निरीक्षण टोलिले दिएको प्रतिवेदनका आधारमा इकीकृत केन्द्र (नगर कार्यपालिका) बाट राहत वितरण गरिने छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ