२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशहिमा गाउँपालिकामा एम्बुलेन्स सेवा

हिमा गाउँपालिकामा एम्बुलेन्स सेवा


जुम्ला – जुम्लाको सिंजा भेगमा पर्ने हिमा गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालन गरेको छ । गाउँपालिकाले यहाँका स्थानीय बासी विरामी हुदा संस्था संस्थामा उपचार गर्न लैजानका लागि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको हो ।

आकस्मिक सेवा प्रवाह गर्नका लागि गाउँपालिकाले एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको अध्यक्ष रजबहादुर शाहीले बताए । उनले भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समन्वयमा एम्बुलेन्स गाउँपालिकामा पुगेको हो ।

हिमा गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत टोपबहादुर बुढाका अनुसार राजश्व (कर) छुट गरेर १० लाख बजेटमा पालिकाले खरिद गरेको हो । उनले भने एम्बुलेन सेवा सञ्चालनले यहाँका जटिल प्रकृतिका विरामीलाई जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा लैजान सहज भएको छ ।

यस गाउँपालिकामा एक वटा प्रथामिक स्वास्थ्य केन्द्रसहित तीन वटा स्वास्थ्य चौकी र चार वटा सामुदायिक स्वास्थ्य केन्द्र छन् । अहिले सबै स्वास्थ्य संस्थामा तीन महिनालाई पुग्ने औषधि भण्डारण गरिएको को छ । तर स्वास्थ्य संस्थाबाट रेफर भएर आउने बिरामी हेर्ने प्रथामिक स्वास्थ्य केन्द्रमा चिकित्सक नहुँदा निकै समस्या छ ।

प्रथामिक स्वास्थ्य कन्द्रमा चिकित्सकको दरवन्दी हुदा पनि स्वास्थ्य मन्त्रालयले नपाउदा यहाँका जटिल प्रकृतिका विरामी सुविधा सम्पन्न अस्पताल लैजान समस्या हुने गरेको थियो । तर पालिकाले नै एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएपछि अब सहज हुने भएका वडाध्यक्ष मुनबहादुर बुढाले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ