२०८१ जेठ २, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाका स्थानीय तहमा ‘कोरोना खाद्य बैंक’ स्थापना

जुम्लाका स्थानीय तहमा ‘कोरोना खाद्य बैंक’ स्थापना


जुम्ला – कोरोना भाइरस (कोभिड–१९) को संक्रमण नियन्त्रणका लागि जारी लकडाउनका समयमा हुन सक्ने खाद्य संकटको पूर्वानुमान गर्दै जुम्लाका स्थानीय तहले खाद्य बैक स्थापना गरेका छन् ।

तातोपानी गाउँपालिका अध्यक्ष नवराज न्यौपानेका अनुसार अहिले नै गाउँमा भोकमरी भएका छैन । उनले भने, ‘यहाँका नागरिक खेतीपाती गर्ने भएकाले अहिले नै राहत वितरण गर्नुपर्ने अवस्था नआएकोले खाद्य बैक स्थापना गरेका हौ ।’ आवश्कताअनुसार राहत वितरण गर्ने तयारीमा भएकाले खाद्य बैकमा चामल, नुन, तेल, दाल दैनिक उपभोग्य बस्तु मौज्दात गरेका छौँ उनले भने । खाद्य संस्थानबाटै खरिद गर्ने गरी दुई सय कुन्टल चामल लिएका छौँ भने ६० पेटी तेलका लागि प्रस्ताब आव्हान गरेका छौँ ।

यस गाउँपालिकाको १ देखि ८ वडाका विपन्न घरपरिवारको तथ्यांक लिने काम भईरहेको छ । ३ नम्बर वडा बाहेक अन्य वडाको तथ्यांक लिदा ८ सय ६ जनाको विपन्न वर्गमा परेका छन् । उनले भने भोली विवाद होस् भनेर उपलव्ध तथ्यांकलाई कार्य पालिकाको बैठकमा एकिन गरी राहत वितरण गरिने छ ।

तातोपानी गाउँपालिकाको २२ लाख राहत कोष हो । यसैबाट खाद्य बैक स्थापना देखि यहाँका नागरिकलाई माक्स, सावुन, स्वास्थ्यकर्मीलाई सुरक्षित स्वास्थ्य सामग्री खरिद गरी वितरण गरिएको गाउँपालिका नायव सुव्बा अंगराज डाँगीले बताए । लकडाउनका कारण गरिव तथा बिपन्न ४ सय २३ घरधुरीलाई राहत वितरण गर्ने तयारी गरेको हो । गाउँ कार्यपालिका र विपद् व्यवस्थापन समितिको बैठकको निर्णय अनुसार वडास्तरबाट विपन्न बर्गको तथ्यांक संकलन गरी राहत वितरण गर्ने तयारी गरिएको गाउँपालिका अध्यक्ष रतननाथ योगीले बताए ।

जुम्लाका पुर्व सविधान सभाका सदस्य देविलाल थापाको समन्वयमा द आर्ट अफ लिर्भिङ सेन्टर काठमाडौद्धारा यहाँका एक सय घरधुरीलाई अतिविपन्न घर परिचान प्रति घरपरिवार ११ किलोको दरले चालम, साढे एक किलो दाल, एक लिटर तेल, १५ पाकेट चाउचाउ र साबुन वितरण तयारी गरिएको उनले बताए । यसअघि तिला गाउँपालिकाले अतिविपन्न ज्यालामजदुरी गरी विहान बेलुका छाक टार्ने ६७ जना घरधुरीलाई दैनिक उपभोग्य सामग्री वितरण गरेको थियो । प्रति घरधुरी ३० किलो चामल, दुई किलो दाल, नुन, तेल उपलव्ध गराएको हो ।

त्यसैगरी सिंजा गाउँपालिकाले पनि खाद्य बैक स्थापना गरेको छ । सिंजा गाउँपालिका अध्यक्ष देवलसिंह रावलका अनुसार अहिले ८ सय कुन्टल चामल खाद्य बैकमा जम्मा गरेका छौँ उले भने नुनको डिपोमा म्याद नाघेको नुन भएकोले अहिले लिएका छैनौँ आएपछि लिने तयारी गरेका छौँ । तेल, चिनी र दाल पनि खरिद गर्दछौँ । एक करोड ९ हजारको कोरोना राहत कोष स्थापना गरेका छौँ । पाँच सय ५ घरधुरीलाई अतिगरिब परिचान गरिएको जनाएको छ । राहत वितरण कार्यविधि अनुसार फाराम भरेर नागरिकताको आधारमा राहत वितरण गर्ने तयारी गरिएको उनले बताए ।

कनकासुन्दरी गाउँपालिकाले पनि खाद्य संकलन गरेको छ । गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत विपेन्द्र अधिकारीका अनुसार अहिले पालिकाले एक सय र द आर्ट अफ लिर्भिङ सेन्टर काठमाडौँको सहयोगमा एक सय गरी दुई सय कुन्टल चामल राहतका लागि संकलन गरेको हो । अहिले तथ्यांक संकलन गर्ने काम भईरहेको छ उनले भने वडापालिकाले सिफारिस गरेका ५ सय ५ घरधुरीको तथ्यांक दावी विरोधका लागि तीन दिने सूचना प्रकाशित गरेका छौँ । यसैमा छानविन गरी राहत वितरण गर्ने तयारी गरिएको उनले बताए । त्यसै गरी राहत कार्यविधि अनुसार दाल, नुन, तेलको पनि व्यवस्थापन गरिएको छ ।

पातारासी गाउँपालिका अध्यक्ष लक्षिमन बोहोरका अनुसार राहतका लागि एक सय ७० क्युन्टल चामल र एक सय कुन्टल नुन खाद्य बैकमा जम्मा गरेका छौँ । विपन्न घरधुरी पहिचान हुदै छ उनले भने यहाँका सवै नागरिक विपन्न छौँ भन्छन् छनोट गर्न समस्या भइरहेको छ । ५५ लाखको कोरोना राहत कोष स्थापना भएको छ । यसै रकमबाट सवै खर्च व्यवस्थापन गर्ने काम भइरहेको उनले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ