२०८१ वैशाख २०, बिहीबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशअलपत्रमा परेका नगरबासीलाई उद्धार गर्दै नगरपालिका

अलपत्रमा परेका नगरबासीलाई उद्धार गर्दै नगरपालिका


सुर्खेत – अलपत्रमा परेका नगरबासीलाई कर्णालीप्रदेशको छायाँनाथ रारा नगरपालिकाले उद्धार गर्ने भएको छ । सरकारले कोरोना भाईरस (कोभिड १९ ) नियन्त्रण,रोकथाम र उपचारमा सहज होस भनेर गरेको लकडाउनका कारण जिल्लाबाहिर अलपत्र परेका आफ्ना नगरबासीलाई स्थानिय सरकारले उद्घार गर्न थालेको हो ।

मुगु छायाँनाथ रारा नगरपालिकाले अध्ययन,नोकरी,औषधीउपचार तथा अन्य कामको शिलशिलामा जिल्लाबाहिर रहेका आफ्ना नगरबासी लगडाउनका कारण अलपत्र परेको भन्दै उद्घार गर्न थालेकोे हो । कर्णाली प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयबाट नगरपालिकालाई पास प्राप्त भैसकेकाले सम्भवत बुधबारसम्म नेपालजंग र सुर्खेतबाट अलपत्र परेका नगरबासीलाई उद्घार गरिसक्ने र काठमाडौमा बेखर्ची र बेसहारा भएर अलपत्र परेकाहरुको सम्पर्क नम्बर संकलन गर्ने काम भैरहेको छायानाथ रारा नगरपालिकाले जनाएको छ ।

अलपत्रमा परेका नागरिकहरुको एकिन सख्या आएपछि बसको व्यवस्था गरि उद्घार गरिने नगर प्रमुख हरिजंग शाहीले जानकारी दिए । काठमाडौ देखि मुगुसम्म बस संचालन अनुमतीकालागी संघिय सरकारसंग समन्वय भैरहेको उनको भनाई छ ।

नागरिकहरु लकडाउनले गर्दा अलपत्र पर्न गई खाना र बस्न समेत समस्या पर्न थालेको गुनाशो आउन थालेपछि संघिय सरकार र प्रदेश सरकार बाट पास लिएर आफ्ना नागरिकदाई गृह जिल्लासम्म उद्घार गर्न थालेको नगरप्रमुख शाहीको भनाई छ । यसरी उद्घार गरिने नगरबासीलाई कम्तिमा १४ दिन नगरपालिकाले निमार्ण गरेको क्वारेन्टाईन वा आफनै होम क्वारेन्टाईनमा बस्ने सर्तमा मात्र उद्घार गरिने नगरपालिकाले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ