२०८१ वैशाख २१, शुक्रबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशविद्यालयहरुमा नर्सिङ कार्यक्रम संचालन हुने

विद्यालयहरुमा नर्सिङ कार्यक्रम संचालन हुने


सुर्खेत -वीरेन्द्रनगर नगरपालिकाले नगर अन्तर्गतका विभिन्न २० वटा विद्यालयहरुमा नर्सिङ कार्यक्रम संचालन गर्नको लागि छनौट गरेको छ । शनिबार वीरेन्द्रनगर नगरपालिकाका कार्यवहाक प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा बसेको बैठकले त्रिपुरेश्वर मावि ढोडेखाली, प्रभात मावि, कोलडाँडा, हरिडील भूमी मावि, तातापानी, भैरव मावि भैरवस्थान, नेरा मावि, चिसापानी, जन मावि, वीरेन्द्रनगर, कृष्ण संस्कृत तथा साधारण मावि इत्राम लगायतका २० वटा विद्यालयहरु छनौट गरेको हो ।

किशोर किशोरीको यौन तथा प्रजनन स्वास्थ्य सुधारको आवश्यकता महशुस गरी संघीय सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक विद्याल एक नर्स कार्यक्रम संचालनमा ल्याउने योजना बनाएको थियो। सोहि योजनालाई कार्यान्वयन गरी किशोर किशोरीको स्वास्थ्यमा सुधार ल्याउने उदेश्यले यो कार्यक्रम लागु गर्ने निर्णय गरिएको कार्यवहाक प्रमुख मोहनमाया ढकालले जनाएकि छन ।

विद्यालयमा नर्समार्फत किशोरकिशोरीलाई प्रजनन स्वास्थ्य, महिनावारी, स्वास्थ्य तथा सरसफाईसम्बन्धी परार्मश दिनको लागि एक वडा एक विद्यालयको छनोट गरिएको उनको भनाई छ । वीरेन्द्रनगरमका १६ वटा वडा रहे र बाँकी चार विद्यालय जनसंख्या बढि भएको वडाका लागि छनौट गरिएको उनको भनाई छ । यस कार्यक्रम अन्तर्गत परिवार नियोजन, यौन तथा यौनिकता, व्यक्तिगत र वातावरणीय सरसफाई सम्बन्धी परार्मश सेवा प्रदान गरिने छ ।

विशेष गरी छात्राहरुको मनो भावनालाई मध्यनजर गरी सामान्य स्वास्थ्य परीक्षण, पोषण लेखाजोखा, प्राथमिक उपचारको व्यवस्था, अभिभावकलाई बालबालिकाको स्वास्थ्यका बारेमा जानकारी गराउने लगायतका काम पनि विद्यालयका नर्सले गर्ने उनको भनाई छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ