२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लालाई कोरोना नियन्त्रित जिल्लामा स्थापित गरौँ : मन्त्री भण्डारी

जुम्लालाई कोरोना नियन्त्रित जिल्लामा स्थापित गरौँ : मन्त्री भण्डारी


 जुम्ला –  कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री नरेश भण्डारीले जुम्लालाई कोरोना भाइरस नियन्त्रित जिल्लाका रुपमा स्थापित गर्नु पर्नेमा जोड दिएका छन् । मन्त्री भण्डारीले जुम्लाका जिल्ला समन्वय समिति, एक नगरपालिका, सात गाउँपालिका अध्यक्ष र उपाध्यक्षसँग शुक्रबार कोरोना भाइरस (कोभिड–१९) रोकथाम तथा नियन्त्रण गर्न सम्पादित गतिविधि र आगामी रणनीतिका विषयमा भिडियो कन्फ्रेन्समा यस्तो जोड दिएका हुन् ।

भिडियो कन्फ्रेन्समार्फत मन्त्री भण्डारीले जिल्लाको समस्यामा प्रभावकारी समन्वय गर्न जुम्लाका जनप्रतिनिधिले सुझाए । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ को जोखिमबाट बच्न सावधानीपूर्वक काममा खटिन सुझाव दिदै मन्त्री भण्डारीले जुम्लामा कोरानाको संक्रमण फैलन नदिनको लागि उच्च सतर्कता अपनाउन आग्रह गरे । अति समस्यामा रहेका कारण स्थानीय तहको समन्वयमा जिल्ला भित्रिएका मजदुर विद्यार्थी लगायत सबै नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्न र लकडाउन लम्बिँदा हुन सक्ने खाद्य सङ्कटको समाधानमा आवश्यक समन्वय गर्न पनि मन्त्री भण्डारीले भने ।

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्कीका अनुसार कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि स्थानीय, तह प्रहरी प्रशासन, जिल्ला समन्वय समिति, गैसस सवै सरोकार निकाय एक जुट भएर लाग्न आवश्यक छ । उनले भने स्थानीय तहका जनप्रतिनिधिहरुलाई क्वारेन्टाइन देखि आफ्नो पालिकासम्म पुग्न सवारी अनुमति पत्रको पनि समस्या भएका भन्ने बुझिएको छ । यसमा प्रशासनले सहजीकरण गर्न आवश्यक रहेको उनले बताए ।

‘अहिले बाहिर जिल्लाबाट आएका नागरिकलाई क्वारेन्टाइनमा राख्न सकिएको छैन । नागरिकले नबुझेका हुन कि के हो । हामीले पनि बुझाउन नसकेका हौँ । उनीहरुले बुझेर पनि बुझ पचाएका हुन्।, ‘चन्दननाथ नगरपालिका मेयर कान्तिका सुजुवालले भनिन्, ‘क्वारेन्टाइनमा बस भन्दा स्वास्थ्यकर्मीलाई ढुंगामुडा गर्ने गरियो । अर्काे कुरा राहतका लागि आर्थिक समस्या हुने सम्भावना देखिएको छ । १५ किलो चामल दिएर मात्र भएका लकडाउन कहिलेसम्म लम्बीने हो ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ