२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना विरुद्ध लडन स्यानीटाईजर उत्पादन

कोरोना विरुद्ध लडन स्यानीटाईजर उत्पादन


सुर्खेत – कर्णाली प्रदेशमा रहेको मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई उत्पादनसँग जोडन सुरु गरिएको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा.नन्दबहादुर सिंहका अनुसार विश्वविद्यालयलाई उत्पादनसँग जोडदै जाने योजना अनुरुप पहिलो चरणमा स्यानीटाईजर उत्पादन गरेर कोरोना विरुद्ध लडन सुरु गरिएको हो ।

‘अहिले विज्ञान तथा प्राविधिक संकाय केन्द्रीय क्याम्पसले स्यानीटाइजर उत्पादन गरिरहेको छ । त्यहाँ अध्ययनरचत विद्यार्थीहरुलाई उत्पादनमा जोडिरहेको प्रा.डा. सिंहको भनाई छ । उनका अनुसार ‘शिक्षालाई सीपसँग जोडने र उक्त सिपलाई उत्पादनसँग जोडने र आर्थिक वृद्धि गर्ने गरी अघि बढिरहे बताइएको छ ।

हाल विश्वविद्यालयले एक लाख लगानी गरेर स्यानीटाईजर उत्पादन गरिरहेको उपकुलपति प्रा.डा. सिंहले बताए । ‘आम नागरिकलाई त्रसित बनाइरहेको कोरोना विरुद्ध लड्न स्यानीटाईजरमा आम नागरिकको सहज पहुँच अभाव देखिएकाले त्यहि अभावलाई पुर्ति गर्न र विश्वविद्यालयलाई उत्पादनसँग जोडनकालागि उत्पादन सुरु गरेको उनको भनाइ छ ।

व्यवस्थापन संकायले व्यवस्थापन गर्ने र विज्ञान तथा प्रविधि संकायले उत्पादन गर्ने योजना अनुसार थप कार्ययोजना बनाई अघि बढछौं ।’ प्रा.डा. सिंहले भने, हाल सेमी मेसिनबाट दैनिक रुपमा ६० एमएलका ७ सय ३० बोत्तल उत्पादन भइरहेको बताउँदै निकट भविष्यमा आइएसओ सर्टिफाईड गर्ने र बजारमा पठाउने बताए । यसकालागि प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयसँग थप सहकार्य भइरहेको उनको भनाई छ ।

विश्वविद्यालयमाअध्ययन गर्ने विद्यार्थीहरुलाई उत्पादन सँग जोडन अनिवार्य रहेको बताउँदै कर्णाली समृद्धिको आधारको रुपमा विश्वविद्यालय बनाउन खोजेको प्रा. डा. सिंहको भनाई छ । ‘विगतमा सर्टि्फिकेट प्रदान गर्ने मात्रै विश्वविद्यालय बनाइयो ।’ उनले भने, ‘अब आत्मनिर्भर बन्नकालागि आवश्यक पर्ने सीप प्राप्त जनशक्ति निर्माण गर्नेछौं । त्यसैको पहिलो चरणको रुपमा स्यानीटाईजर उत्पादन हो ।’ उनका अनुसार यसपछि थेसिस गर्ने विद्यार्थीहरुले उत्पादनका विषयमा गर्ने गरी अघि बढिने जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ