गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ नगरपालिकाले ग¥यो ३ सय नगरबासीको उद्धार नगरपालिकाले ग¥यो ३ सय नगरबासीको उद्धार चन्द्रा कँडेल सोमबार, २०७७ वैशाख १५ गते, १३:११ मा प्रकाशित विश्वभर महामारीको रुपमा फैलिरहेको कोभिड-१९का कारण नागरिकहरु त्रसित छन्। नेपाल सरकारले यस माहामारीको रोकथाम तथा नियन्त्रण गर्नको लगि देशभर लकडाउन गरिरहेको छ । जसको प्रभावका कारण आफ्नो गृह जिल्ला छोडी बाहिरी जिल्ला अथवा भारत तथा तेश्रो मुलुकबाट आएका नागरिकहरु बिच बाटोमै अलपत्रमा पर्ने गरेका छन् । तर कर्णालीको दुर्गम मानिने जिल्ला मुगुको छायानाथ रारा नगरपालिकाले भने जिल्ला बाहिर गएका आफ्ना नगरवासि लाई उद्धारमा लागेको छ । लगडाउनकै कारण सुर्खेत र नेपालगञ्जमा अलपत्र परेका मुगु जिल्ला छायाँनाथ रारा नगरपालिकाका स्थानीयवासीलाई स्थानीय सरकारले उद्धार गरेको हो । बाहिरी जिल्ला बाट मुगुसम्म पुग्नको लागि नगरपालिकाले बस भाडा तिरेर उद्दार गरेको छायानाथ रारा नगरपालिकाले जनाएको छ । औषधि उपचार, पढ्न गएका विद्यार्थीहरु, व्यापार लगायत अन्य कामको सिलसिलामा जिल्ला बाहिर अलपत्रपरेका छायाँनाथ रारा नगरपालिकाका ३ सय भन्दा बढी स्थानीयवासीहरु लाई ३ दिन लगाएर ५ वटा सवारी साधनमार्फत नगरपालिकाले उद्धार गरेको हो । उद्दार गरिएका नगरवासीहरुलाई कोरोना भाइरस सम्बन्धी नगरपालिकाले सञ्चालन गरेको स्वास्थ्य हेल्थ डेक्समा स्वास्थ्य परीक्षण गराएको छ । यस्तै काठमाडौमा रहेका नगरवासीहरु अहिलेसम्म ६ सय भन्दा बढी सम्र्पकमा आएको र उनीहरुलाई पनि ३÷४ दिनपछि उद्दार गर्ने तयारी भइरहेको छायाँनाथ रारा नगरपालिकाका नगर प्रमुख हरिजङ्ग शाहीले जानकारी दिए । संकटको बेला स्थानीय सरकारले गरेको सहयोगबाट स्थानीयवासी खुसी देखिएको नगर प्रमुख शाहीले बताए । क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार कर्णाली प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जना विरुद्ध भ्रष्टाचार… सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा जुम्लामै डिम्बाशयको सफल शल्यक्रिया मुगुमा सुरक्षित गर्भपतन सेवा लिने बढ्दैं मनिसाँघुमा हिमानीद्वारा १ करोड ५० लाख लागतमा बन्ने बर्थिङ सेन्टर… अस्पतालको स्तरवृद्धिदेखि दीर्घ रोगका बिरामीलाई सहायता दिनेसम्म धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा ४ पाँच हजार बढीको रक्तदानमा सघाइसकेकी युवापुस्ताकी ल्याब असिष्टेण्ट सुशना ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ भिडियोः छिनिएको औला १२ घण्टासम्म जोडन सकिन्छ ? कसरी लैजाने अस्पतालसम्म ? ७ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री Kalpana Craft ट्रेण्डिङ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन भारतसँग स्वास्थ्यमा सहकार्यः उपचारमा सहुलियतदेखि आयुर्वेद स्वास्थ्यकर्मीको क्षमता वृद्धिसम्म हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले एकीकृत स्वास्थ्य विज्ञान प्रतिष्ठान व्यवस्था गर्न बनेको विधेयक खारेज गर्न माग मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा