२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशलकडाउन थप कडा बनाउने विपद व्यवस्थापन समितिको निर्णय

लकडाउन थप कडा बनाउने विपद व्यवस्थापन समितिको निर्णय


जुम्ला – जिल्ला विपद व्यवस्थापन समितिको बैठकले लकडाउन (बन्दाबन्दी) कडा बनाउने निर्णय गरेको छ । सुरक्षाकर्मी, प्रशासन, स्थानीय तह, गैसस र नागरिक समाज, पत्रकार बीच सोमबार जिल्लामा बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

लकडाउन कडा बनाउनका लागि बाक्लो उपस्थितमा प्रहरी र सशस्त्र प्रहरी परीचालन गरिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन । मुलकभर फैलिदो कोरोना भाइरस नियन्त्रण तथा रोकथामका विषयमा नागरिक समाज र पत्रकारले थप कडाईका साथ लिनुपर्ने माग राखेपछि जिल्ला स्तर विपत व्यवस्थापन समितिले लकडाउन कडा गर्ने निर्णय गरेको हो ।

त्यसैगरी, कोरोना भाइरसबाट संक्रमित विरामीलाई अस्पताल ल्याउन र जैजानका लागि एम्बुलेन्सको व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।एम्बुलेन्स बनाउने सवारी साधन तिला गाउँपालिका अध्यक्ष रतनानाथ योगी भाडामा लिनका पहल गर्ने निर्णय भएको छ । भाडामा लिएको सवारी साधनलाई कोभिडमैत्री एम्बुलेन्स बनाउनका लागि नन्दा बक्स गर्नेले प्राविधिक सहयोग गर्ने निर्णय भएको सहायक प्रमुख जिल्ला अधिकारी ओम प्रकाश देवकोटाले बताए ।

बैठकमा उक्त एम्बुलेन्स सञ्चालन डिजेल खर्चका लागि नेपाली कांग्रेसका नेता देवेन्द्रबहादुर शाहीले एक लाख रकम सहयोग गरेका छन् भने यहाँका विकासे कार्यालयले थम डिजेल सहयोग गर्ने निर्णय भएको उनको भनाइ छ ।

जिल्ला विपत व्यवस्थापन समितिको संचालित क्वारेन्टाइन स्थल मापदण्ड २०७६ अनुसार संचालन तथा व्यवस्थापन गर्ने र दैनिक उपभोग्य बस्तु किनमिल गर्नका लागि विहान ७ बजेदेखि ९ बजे र बेलुका ४ बजेदेखि ६ बजेसम्म बजार खुल्ने निर्णय भएको छ । जिल्लास्थित विकास निर्माण कार्यका लागि आवश्यक सामग्रहरुको व्यवस्थापन ओसारपसार तथा कार्यसञ्चालनका लागि विकास आयोजना संचालन लकडाउन उल्लघंन नहुने गरी व्यवस्थापन गर्ने निर्णय भएको जनाएको छ ।

त्यसैगरी, कोरोना भाइरसको दैनिक प्रतिवेदन एकीकृत रुपमा प्रत्येक दिनको दिउसो २ बजेभित्र स्थानीय तह, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान र जनस्वास्थ्य कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई गर्ने र प्रशासनले गृह मन्त्रालयमा पठाउने निर्णय भएको छ । बैठकमा उपस्थित सरोकारवाला निकायले उद्धार गरी गृह जिल्लामा ल्याएका नागरिकलाई अनिवार्य १४ दिनसम्म क्वारेन्टाइनमा राख्नु पर्ने र उनीहरुको कोरोना परीक्षण गर्नुपर्ने बुझाब दिएका छन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ