२०८१ असार ३१, सोमबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशगर्भवती महिलालाई पोषणयुक्त आहारा वितरण

गर्भवती महिलालाई पोषणयुक्त आहारा वितरण


जुम्ला – जुम्लाको तिला गाउँपालिकाले गर्भवती महिलालाई पोषणयुक्त आहारा वितरण गर्ने गरेको छ । सुनौलो हजार दिनभित्रका महिलासँग उपाध्यक्ष कार्यक्रम अन्र्तगत गर्भवती महिलालाई पोषणयुक्त आहारा (खानेकुरा) वितरण गरिएको हो ।

तिला गाउँपालिका – ९ की पम्फा बुढा नौ महिनाकी गर्भवति छन् । उनी अहिले ज्योति माबि राँसामालापानीको क्वारेन्टाइनमा बसेकी छिन्। चितवनबाट भर्खर आइपुगेकोले उनलाई सुरक्षित साथ स्वास्थ्य चौकी राँसाको नजिकैको क्वारेन्टाइनमा राखिएको छ ।

नियमित स्वास्थ्य संस्थामा पुगेर गर्भजाँच गर्दै आएकी पम्फा गाउँपालिका उपाध्यक्ष बिष्णु बुढाले पोषिलो खानेकुरा उपलब्ध गराएको बताइन् । उनले भनिन सुत्केरी हुनु पुर्व नै गर्भवती महिलालाई गाउँमै पुगेर बच्चा र आमालाई न्यानो कपडा उपलव्ध गराएको छ । लकडाउनको समयमा गर्भवति महिलाले पोषिलो खानेकुरा पाउँदैनन, उपाध्यक्ष बुढाले भनिन्, यो समयलाई मध्येनजर गर्दै गर्भवतीलाई कोसेली स्वरुप पोषिलो खानेकुरा उपलब्ध गराएका हौँ ।’

एक जना गर्भवतीलाई १ क्यारेट अण्डा, ५ किलो चामल र १ लिटर धारा तेल, बच्चालाइ न्यानो कपडा र ब्लांकेट दिइएको हो । नियमित स्वास्थ्य संस्थामा गर्भजाँच गर्ने, स्वास्थ्यकर्मीको सुझाव ग्रहण गर्ने र आफ्नो बच्चा र आफ्नो ज्यानको ख्याल राख्ने गर्भवती महिलालाई पहिलो चरणमा पोषिलो खानेकुरा प्रदान गरिएको हो ।

तिला गाउँपालिका स्वास्थ्य सह-संयोजक जानकी हितानका अनुसार गाउँपालिकाभित्रका ५० जना गर्भवतीलाई पोषिलो खानेकुरा प्रदान गरिएको हो । यो कार्यक्रमले आगामी दिनमा शतप्रतिशत गर्भवतीलाई स्वास्थ्य संस्थामा पुगेर गर्भ जाँच गराउन सहयोग पुग्ने विश्वास गरिएको छ । लकडाउनको समयमा सामाजिक र व्यक्तिगत दुरी कायम गर्दै गर्भवतिलाइ कोसेली प्रदान गर्न उपाध्यक्ष बुढाको टोली गाउँटोलमा पुगेको थियो ।

गर्भ रहे देखि नौ महिनासम्म लगतार चार पटक गर्भजाँच गर्न, आइरन चक्की खान, स्वास्थ्य संस्थामा सुरक्षित सुत्केरी हुन र बालबालिाकालाई लगाउनु पर्ने सबै प्रकारको खोप लगाउन आग्रह गरिएको छ । साबुनपानीले नियमित हात धुन, सेनिटाइजरको प्रयोग गर्न र घरबाहिर निस्कदा मास्क अनिवार्य रुपमा प्रयोग गर्न सो अवसरमा सुझाव दिइएको थियो ।

व्यक्तिबीच दुरी कायम राख्ने, आफ्नो आँखा, नाक र मुख हातले नछुने बताउँदै उपाध्यक्ष बुढाले गर्भवतीले आवश्यक सावधानी अपनाउनु पर्नेमा जोड दिइन् । सरसफाईमा ध्यान दिने, खोक्दा वा हाच्छ्युँ गर्दा आफ्नो नाक र मुखलाई कुइनो वा रुमालले छोप्न र त्यसपछि प्रयोग भएको रुमालको उचित बिसर्जन गर्ने पनि आग्रह गरिएको थियो । यदि ज्वरो आएमा, खोकी लागेमा वा श्वास फेर्न गाह्रो भएमा तुरुन्त उपचार गर्नुपर्ने उनले बताइन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ