२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशनेकपाद्वारा नगरका वासिन्दालाई राहत वितरण

नेकपाद्वारा नगरका वासिन्दालाई राहत वितरण


सुर्खेत – हाल विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाईरस (कोभिड १९) का कारण नेपाल सरकारले लकडाउन गरेको छ । जसको कारण दैनिक ज्याला मजदुरीमा काम गर्ने र अतिविपन्न घर परिवारलाई खाध्यान्न संकट कम गर्नका लागि नेपाल कम्युनिष्ठ पार्टी नेकपा मुगसले राहत वितरण गरेको छ ।

सुर्खेत जिल्लाको एक मात्र छायानाथ रारा नगरपालिकाका प्रत्येक वडाहरुमा दैनिक उपभोग्य खाध्यान्न राहत प्रदान गरेको नेपाल कम्युनिष्ठ पार्टी नेकपा मुगुले जनाएको छ । खाध्यान्न सामाग्रीहरु तेल, आयोडिन नुन र साबुन , जिल्लाका पालिकाहरुमार्फत दैनिक ज्याला मजदुरीमा काम गर्ने र अति विपन्न घर परिवारलाई बितरण हुनेगरी हस्तान्तरण गरीएको जिल्ला समन्वय समितिका प्रमुख तथा नेपाल कम्युनिष्ठ पार्टी नेकपा सचिवालयका सदस्य पुर्ण बहादुर रोकायाले जानकारी दिए ।

उनका अनुसार नगरका ४ हजार ६ सय २१ घरधुरी लाई राहत वितरण गरिएको छ । जिल्लाका नेता कार्यकर्ताहरुको चन्दा संकलन गरेर ८ लाख बरावरको नगरका १४ वटै वडाहरुमा राहत वितरण गरेको छायानाथ रारा नगरपालिका वडा नं २ का वडाध्यक्ष परेक लाल चौलागाईले जानकारी दिए ।

सो राहतको क्रममा स्वतन्त्र विद्यार्थी युनियन मुगुले कोरोना भाईरस कोभिड १९ को बारेमा सचेतना फैलाई राहत वितरणमा सहयोग गरिएको अनेरास्ववियु मुगुका जिल्ला संयोजक गणेश सेजुवालले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ