२०८१ साउन ८, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशस्वास्थ्यकर्मीलाई सुरक्षित स्वास्थ्य सामाग्री वितरण

स्वास्थ्यकर्मीलाई सुरक्षित स्वास्थ्य सामाग्री वितरण


जुम्ला – कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले लकडाउन घोषणा गरेको डेढ महिना भयो । यसबाट मानव जाती त्रसित भईरहेको अवस्था छ ।

कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि अहिले स्वास्थ्यकर्मी अग्रपंतीमा रहेका छन् । यिनै स्वास्थ्यकर्मीलाई सुरक्षित साथ काम गर्नका लागि विहिबार चन्दननाथ नगरपालिकाले स्वास्थ्य चौकीमा खटिएका स्वास्थ्यकर्मीलाई सामग्री वितरण गरिएको हो ।

चन्दनाथ नगरपालिका स्वास्थ्य शाखाका स्वास्थ्य निरीक्षक क्षेत्रबहादुर महतका अनुसार नगरपालिका क्षेत्रभित्र रहेका चार वटा स्वास्थ्य चौकीमा ६-६ थान पिपिई सेट र एक-एक थान थर्मल गन वितरण गरिएको हो । त्यसैगरी स्वास्थ्य संस्था र यहाँका १० वटै वडामा पुग्ने गरी मास्क, स्यानिटाइजर र सावुन पनि वितरण गरिएको उनले बताए ।

नगरपालिकाले कोरोना भाइरस संभावित जिल्ला झापा, उदयपुर प्रभावित ठाउँबाट आएका र भारतबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने गरेको जनाएको छ । अरु सुर्खेत, नेपालगज्ज, काठमाडौँ लगायतका कोरोना भाइरस संक्रमण नभएका जिल्लाबाट आएका नागरिकलाई स्वाथ्स्य परीक्षण र ¥यापिट डाइगोनोस्टिक टेष्ट गरेर होम क्वारेन्टाइनमा राख्ने व्यवस्था गरिएको जनस्वास्थ्य निरीक्षक महतले बताए ।

होम क्वारेन्टाइनमा बसेका हरेक व्यक्तिको नियमित स्वास्थ्यकर्मीले परीक्षण गर्ने र निगरानीमा राख्ने गरिएको चन्दननाथ नगरपालिकाले जनाएको छ । नगरपालिकाले स्थापना गरेको कर्णाली प्राविधिक शिक्षालयमा एक जना र राहदेउमा एक जना गरी अहिले दुई जना क्वारेन्टाइनमा राखिएको छ । एक जान झापा र एक जना भारतबाट आएका व्यक्तिलाई क्वारेन्टाइनमा राखिएको हो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ