२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोभिड – १९ : थर्मल गन र पीपीई सहयोग

कोभिड – १९ : थर्मल गन र पीपीई सहयोग


जुम्ला – मुलुकभर फैलिदो कोरोना भाइरस रोकथाम तथा नियन्त्रणमा सहज पुर्याउन जिल्ला जनस्वास्थ्य कार्यालय जुम्लालाई स्वास्थ्य सामग्री सहयोग गरिएको छ । बिएमडीएमआई र कर्णाली विकास तथा हातेमालो सेवा समाज जुम्लाले थर्मल गन, पीपीई र माक्स सहयोग गरेको हो ।

जिल्ला समन्वय समिति जुम्लाका प्रमुख लालबहादुर सार्की, उपप्रमुख कार्मा बुढा र बिएमडिएमआईको प्रतिनिधि उपस्थितिसहितको रोहबरमा जनस्वास्थ्य कार्यालय जुम्लालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको सहयोगी संस्थाका अध्यक्ष छायादत्त खत्रीले बताए । उनले भने “आवश्यक र मागका आधारमा जनस्वास्थ्य मार्फत स्थानीय तहका स्वास्थ्य संस्था तथा स्वास्थ्यकर्मीलाई उपलव्ध गराउने गरी सुरक्षित स्वास्थ्य सामग्री प्रदान गरिएको हो ।

जिल्ला समन्वय समितिका प्रमुख लालबहादुर सार्की अनुसार अहिले कोरोना भाइरस फैलिदो अवस्थामा छ । यसको रोकथाम तथा नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी, सहयोगी दाताको सहयोग समन्वयको आवश्यकता रहेको उनले बताए । यतिबेला यो महामारीको समयमा टुटफुट भन्दा पनि सवैको हातोमालो गरी एक आपसमा जुटेर सामना गर्न सकिने भएकाले सवैले आ आफ्नो स्थानबाट समन्वय सहकार्य गर्न उनले अनुरोध गरे ।

दातृ संस्थाले पीपीई तीन सय ५० सेट (एएभ् ज्ञठछ सेट, एएभ्ज्ञ छण् सेट, एएभ्द्द ज्ञद्दछ सेट) स्वास्थ्य संस्थालाई उपलव्ध गराएको हो । त्यसैगरी थर्मल गन ५ थान, माक्स दुई सय ५० थान(ल्ढछ माक्स ५० थान र नर्मल माक्स दुई सय थान) उपलव्ध गराएको जनस्वास्थ्य प्रमुख कृष्ण प्रसाद सापकोटाले बताए ।

लकडाउन अवधिमा जुम्लामा १० हजार ७ सय १३ जना नागरिक बाहिरबाट भित्रिएका छन् । ७ सय ३४ बेडको क्वारेन्टाइनमा ६ सय ५१ जना बसेका छन् । ५ सय ६४ जना होम क्वारेन्टाइनमा बसेको जिल्ला प्रशासन कार्यालय जुम्लाले तथ्यांक सार्वजनिक गरेको छ । पाँच सय एकजनाको कोरोना परीक्षण गरिएकोमा सवै जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । लकडाउन उल्लघंन गर्ने ६ सय ३९ सवारी साधन प्रहरीको कारवाहीमा परेको जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ