२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशबालबालिकालाई पोषणयूक्त आहारा वितरण

बालबालिकालाई पोषणयूक्त आहारा वितरण


जुम्ला – लकडाउनले विपन्न घरपविारलाई जीवनयापन गर्न समस्या भइरहेको अवस्थामा चन्दननाथ नगरपालिकाको सदरमुकाम खलङ्गा बजारस्थित अशोक नमुना प्रथामिक विद्यालयका विपन्न बालबालिकालाई पोषणयूक्त आराहा वितरण गरिएको छ ।

विद्यालयमा दुई सय अध्ययनरत बालबालिका मध्ये पहिलो चरणमा ५० जना विपन्न बालबालिका छनोट गरी पोषणयूक्त आहारा एक-एक क्वारेट अण्डा, हर्लिक्स र घरमा पढ्नका लागि बालकथाका किताब उपलव्ध गराएको हो ।

मानवता फाउण्डेसन क्यानडाको ४० हजार सहयोगमा बालबालिकालाई पोषणयूक्त आहारा वितरण गरिएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्र कार्कीका अनुसार कोरोना भाइरस नियन्त्रण तथा रोकथामका लागि सरकारले देश नै लकडाउन(बन्दाबन्द) गरेपछि सवै विद्यालय बन्द छन् ।

बालबालिकाको पठनपाठन प्रभावित भइरहेको छ । उनले भने “मानव जातीको हितका निमित्त अहिले यसबाट बच्नका लागि लकडाउन उपयुक्त नै छ ।” बालबालिकामा मनोसामाजिक असर परेको के कस्तो परेको छ र उनीहरुलाई मनोविर्मश गर्नका लागि छोटो समयमा सामाजिक दुरी कायम गरी विद्यालयमा बोलाएर पोषणयूक्त आहारा उपलव्ध गराएको उनले बताए ।

यस्तै, बालबालिकाको पठनपाठनलाई सहज बनाउनका लागि र उनीहरुले पढेका कुरा स्मरण गराउनका लागि विद्यालय रेडियो खुला आकाशसँगको समन्वयमा रेडियो सुनापढी कार्यक्रम सञ्चालन गरेको प्रधानाध्यापक भगवती श्रेष्ठले बताइन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ