२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा ४१५ जनाको कोरोना पिसिआर जाँच, रिपोर्ट नेगेटिभ

जुम्लामा ४१५ जनाको कोरोना पिसिआर जाँच, रिपोर्ट नेगेटिभ


जुम्ला – मुलुकभर फैलिदो कोरोना भाइरस रोकथाम नियन्त्रण गर्नका लागि जुम्लामा चार सय १५ जनाको कोरोना पिसिआर जाँच गरिएको छ । कोरोना प्रभावित क्षेत्र भारत, तेस्रो मुलक र नेपालका संक्रमण देखिएका जिल्लाबाट आएका व्यक्तिलाई कोरोना पिसिआर जाँच गरिएको हो । यसमा केही कोरोना रोकथाम तथा नियन्त्रणमा अग्रमोर्चामा अटिएका स्वास्थ्यकर्मीको पनि जाँच गरिएको हो । उनीहरु सवै जनाको रिपोर्ट नेगेटिभ आएको छ ।

यसअघि काठमाडौँको घुम्ती टोली र यहाँबाट स्वाब संकलन गरी सुर्खेत, काठमाडौँमा पठाएर तीन सय ३९ जनाको आरटी पिसिआर कोरोना परीक्षण गरिएको थियो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालले २२ बैशाखदेखि कोरोना परीक्षण आरटी पिसिआर उपकरण सञ्चालनमा ल्याएदेखि जुम्लामा ७६ जना गरी जम्मा चार सय १५ जना परीक्षण गरिएको हो । आरटी पिसिआर परीक्षणमा सवै जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।

जुम्लामा सञ्चालनमा ल्याएको उपकरणले एकपटकमा ९६ जनाको स्वाब परीक्षण गर्न सक्ने क्षमताको छ । जुम्लाका एक नगरपालिका र सात गाउँपालिकामा एकै पटक स्वास्थ्यकर्मी परिचालन गरी एक हजार स्वाब संकलन गरी आरटी पिसिआर कोरोना परीक्षण गर्ने तयारी गरिएको अस्पता निर्देशक डा. मंगल रावलले बताए ।

जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण प्रसाद सापकोटाका अनुसार जिल्लामा ¥यापिट रिस्पोन्स टिम छ । यही टिमले स्थानीय तहमा आरटी पिसिआर प्रविधिबाट कोरोना परीक्षण गर्नका लागि तथ्यांक संकलन गरी प्रतिष्ठानमा स्वाब संकलन गरेर कोरोना परीक्षण गर्ने गरेको उनले बताए ।

अहिले नेपालमै किट कम छ उनले भने यहाँ पनि स्वभाविकैले किट कम हुने भैहाल्यो । किट कम भएको अवस्थामा यसको बढी सदुपयोग गर्ने उद्देश्यका साथ सवै भन्दा पहिलो रिक्सजोनबाट आएका व्यक्तिहरुको स्वाब संकलन गरी परीक्षण गर्ने गरेका छौँ । तेस्रो मुलक, भारत र नेपालका रिक्सजोन जिल्ला उदरपुर, झापा, नेपालगज्ज, विराटनगर जस्ता ठाउँबाट आएका व्यक्तिहरुको तथ्यांक संकलन गरी परीक्षण गर्ने गरेको उनले बताए ।

प्रतिष्ठानले आरटी पिसिआर र आरडिटि किट गरी दुई हजार थान ल्याउने योजना बनाएको छ । आउदो हप्ता जुम्ला पुग्ने गरी योजना बनाएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।

प्रतिष्ठानले जुम्ला, मुगु, कालीकोट र हुम्लामा पीसीआर तथा आरडीटी परीक्षणको जिम्मा लिएको छ । यी जिल्लामा ९-९ जना चिकित्सक र स्वास्थ्यकर्मीको टोली पनि पठाउन लागिएको रष्ट्रिार काफ्लेको भनाइ छ । यहाँ प्रयोगशालाका लागि जनशक्ति र स्वास्थ्य सुरक्षा सामग्रीको पनि समस्या नभएका उनले बताए । ”अहिले प्रतिष्ठानमा तीय सय बढी सेट पिपिई छ । थप प्रदेश र संघीय सरकारसँग माग गरेको छौँ” .उनले भने ।

लकडाउन अवधिमा यहाँ १० हजार ८३८ भित्रिएका छन् । ५२१ श्ययाको क्वारेन्टाइनमा २०५ जना बसेका छन् भने ९०५ जना १४ दिनपछि घर फर्केको शनिबार जिल्ला प्रशासन कार्यालयले सार्वजनिक गरेको तथ्याङ्कमा उल्लेख छ । त्यसैगरी ५१६ होम क्वारेन्टाइनमा बसेका छन्।

त्यसैगरी, २६१ जनाको आरडिटी परीक्षण भएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ