२०८१ साउन ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा १२५० बढीको पिसिआर परीक्षण, रिपोर्ट नेगेटिभ

जुम्लामा १२५० बढीको पिसिआर परीक्षण, रिपोर्ट नेगेटिभ


जुम्ला—लकडाउन अवधिभर जुम्लामा ११ हजार १७ जना नागरिक भित्रिए । जिल्ला प्रशासन कार्यालय जुम्लाको तथ्यांकअनुसार मंगलबारसम्म जिल्लामा भित्रिएका नागरिकमध्ये एक हजार १ सय १४ जना १४ दिनसम्म क्वारेन्टाइनमा बसेको छन् ।

क्वारेन्टाइनमा बसेकामध्ये १ हजार १ सय १० जना १४ दिनपछि क्वारेन्टाइनबाट घर फिर्ता भएका छन् । जुम्लाको एक नगरपालिका र सात गाउँपालिकाले निर्माण गरेका ५ सय २१ बेडको क्वारेन्टाइनमा अझै १ सय १४ जना छन् । ५ सय १६ जना अहिले पनि होम क्वारेन्टाइनमा छन् ।

जुम्लामा भित्रिएका नागरिक मध्येबाट एकैदिन ८ सय ४७ जनाको स्वाब संकलन गरी आरटी पिसिआर परीक्षण गर्दा सबै जनाको रिपोर्ट नेगेटिभ आएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्ला अस्पताल निर्देशक डा. मंगल रावलले बताए । यसअघि प्रतिष्ठान जुम्लामा आरटी पिसिआर उपकरण संचालनमा ल्याएदेखि ७६ जनाको परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ नै आएको थियो ।

यहाँ आरटी पिसिआर उपकरण सञ्चालन नहुँदै जुम्लाबाट स्वाब संकलन गरी सुर्खेत र काठमाडौंमा ३ सय ३९ जनाको आरटी पिसिआर परीक्षण गर्दा पनि रिपोर्ट नेगेटिभ नै आएको थियो ।

अहिलेसम्म जुम्लामा एक हजार २ सय ६२ जनाको स्वाब संकलन गरी आरटी पिसिआर परीक्षण गर्दा सबैजनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि जुम्लाले दुई महिनाअघि देखि नै घनिभूत काम गरेकाले अहिले यसको नजिता सकारात्मक देखिएको उनले बताइन् ।

क्वारेन्टाइनमा १४ दिन बसेर घर फर्केनेहरुमध्ये कोरोना जोखिम भएका जिल्ला र देशबाट आएकामा नमुनाका रुपमा ¥यापिट डाइगोनोस्टिक टेष्ट गरेर रिपोर्ट नेगेटिभ आएपछि घर फर्काएको जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाले बताए । उनले भने, ‘किट अभावका कारण अन्य व्यक्तिहरु सामान्य स्वास्थ्य परीक्षण गरी घर पठाएको हो ।’ यहाँ भित्रिएकामध्ये २ सय ६१ जनाको आडिटी कोरोना परीक्षण गरिएकोमा सबै जनाको रिपोर्ट नेगेटिभ आएको जनस्वास्थ्य प्रमुख सापकोटाले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ