२०८१ असोज २, बुधबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाका २० पत्रकारको स्वाब परीक्षण

जुम्लाका २० पत्रकारको स्वाब परीक्षण


जुम्ला – भाइरस रोकथाम तथा नियन्त्रण गर्नका लागि देश डेढ महिनादेखि लकडाउनमा छ । यसको नियन्त्रणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी अग्रपंतीमा खटिएका छन् । सुचना संकलनमा लागि परेका पत्रकार पनि जोखिममा रहेका छन् ।

अहिले स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र पत्रकारलाई पनि कोरोना भाइरसको संक्रमण भेटिएका छ । अहिले देशभरका सुरक्षाकर्मी, स्वास्थ्यकर्मी र पत्रकारलाई कोरोना भाइरसको परीक्षण गर्न थालेपछि जुम्लाका २० पत्रकारको  पनि आइतबार स्वाब संकलन गरी आरडीटि र पिसिआर परीक्षण गर्न थालिएको हो ।

त्यसैगरी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल र जनस्वास्थ्य कार्यालय जुम्ला स्वास्थ्यकर्मीको तीन सय ३० जनाको स्वाब संकलन गरिएको हो ।

देशका केही जिल्लामा पत्रकार र स्वास्थ्यकर्मीमा कोभिड–१९ को संक्रमण देखिएपछि प्रतिष्ठानमा २० जना पत्रकारहरुको स्वाव संकलन गरिएको नेपाल पत्रकार महासंघका केन्दिय सदस्य पुर्णप्रसाद चौलागाईले बताए । उनले भने अहिले नेपालमा चार जना पत्रकारमा पनि कोभिड संक्रमण भेटिएको छ । यस गर्दा पनि अहिले पत्रकार जोखिममा छन् र उनीहरुको पनि अनिवार्य कोरोना परीक्षण गर्न थालिएको उनले बताए ।

जुम्लामा एक हजार २ सय ६३ जनाको कोरोना आरटी पिसिआर परीक्षण र २ सय ६१ जनाको ¥यापिड डाइगोनोस्टिक टेष्ट (आरडिटी) परीक्षण गरिएको छ । परीक्षणमा सवै जनाको रिपोर्ट नेगेटिभ आएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ