२०८१ साउन १२, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशप्रतिरोधात्मक क्षमता बढाउन क्वारेन्टाइनमा दैनिक योगा

प्रतिरोधात्मक क्षमता बढाउन क्वारेन्टाइनमा दैनिक योगा


जुम्ला – कर्णाली अञ्चलको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको एकीकृत क्वारेन्टाइनमा प्रतिरोधात्मक क्षमता बढाउन क्वारेन्टाइनमा दैनिक योगा  गराउन थालिएको छ । आयुर्वेद औषधालय जुम्ला चिकित्सक तथा योग गुरु प्रतिभा शर्माले हरेक दिन विहान योगा गराउदै आएकी हुन् ।

प्रतिरोधात्मक शक्ति कम भएका व्यक्तिले कोरोना भाइरस वा अन्य रोगको संक्रमण सम्भावना बढी हुन्छ भन्ने चिकित्सकिय मान्यता भएकोले प्रतिरोधात्मक शक्ति बढाउनका लागि दैनिक योगा गर्ने गरिएको आयुर्वेद चिकित्सक शर्माले बताइन् । उनले भनिन्,  ‘क्वारेन्टाइनमा बसेका नागरिकलाई कोरोना रोग सम्वन्धी सचेतीकरण, मनोविर्मश पनि गर्ने गरिएको छ ।’

यो भाइरस शरीरको तापक्रम कम भएका मानिसलाई छिटो संक्रमण हुन्छ । संक्रमण बढ्दा प्रतिरोधात्मक क्षमता कम हुने गर्छ । शरीरको तापक्रम बढाउन तातोपानी खान सकिन्छ । साथै, बाफ लिएर पनि शरीरको प्रतिरोधात्मक क्षमता बढाउन सकिने चिकित्सकको सुझाब रहेको छ ।

गाँजा र रक्सी खाँदा प्रतिरोधात्मक क्षमता बढ्छ भन्ने भ्रम मात्रै हो । धुमपान र मद्यपान सेवनले प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउने भएकाले यस्ता चिज सेवन गर्नुहुँदैन । मध्यपान र धुर्मपान गर्ने व्यक्तिलाई कोरोनाले संक्रमण गर्ने गरेको विभिन्न अध्ययन र घटनाक्रमले देखिएको उनले बताइन् ।

भारतको रुपैडिहाबाट उद्धार गरी ल्याएका हिमा गाउँपालिका २५ जना, कनकासुन्दरी एक जना, तिलाका एक जना, हुम्ला जिल्लाका एक जना र मुगु जिल्लाका एक जना गरी २९ जना नागरिकलाई सो क्वारेन्टिनमा राखिएको छ । लकडाउनका कारण खास गरी अहिले भारत तथा तेस्रो मुलुकमा अलपत्र परेका नागरिकलाई उद्धार गरी ल्याएर जिल्लास्थित एकिकृत क्वारेन्टाइनमा राखिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका निर्देशक डा. मंगल रावलले भने “प्रतिरोधात्मक क्षमता कमजोर हुनु , जसकारण भाइरसले छिटो संक्रमण गर्छ । वृद्धवृद्धा मात्रै नभएर क्यान्सरपीडित, मिर्गौला रोगी, मधुमेहका बिरामी साथै पहिलेदेखि नै रोगसँग लड्ने क्षमता कमजोर भएका जोकोहीलाई पनि यसको संक्रमण छिटो हुने गर्छ ।”

सीमा जोडिएका छिमेकी मुलुक चीन र भारतमा समेत कोभिड–१९ को संक्रमण फैलिन थालेपछि नेपालमा स्वाभाविक चिन्ता सुरु भएको उनले बताए । अहिलेसम्म कोभिड–१९ विरुद्धको कुनै पनि औषधी, भ्याक्सिन आधिकारिक रुपमा पत्ता लागेको छैन । त्यसैले यसबाट बच्ने पहिलो उपाय भनेकै संक्रमणबाट बच्नु हो ।

त्यसबाहेक आफूलाई संक्रमण नहुने गरी तयार पार्नु अझ महत्वपूर्ण पक्ष हो । प्रतिरोधात्मक क्षमता बढाउनका लागि नियमित रुपमा योगा, ध्यान, व्याम गर्न पर्दछ । विभिन्न अध्ययनले पनि देखाएको छ कि नियमित योगाले मासिनमा भएको (इमिनिटि पावर) प्रतिरोधात्मक बढाएको छ । त्यसैगरीम, प्रतिरोधात्मक क्षमता बढाउनका लागि कागतीपानी र भिटामिन सीयुक्त खानेकुरा खाने गर्नुपर्छ । यसले इन्फेक्सन वा फ्लुविरुद्ध लड्नुका साथै प्रतिरोधात्मक क्षमता पनि राम्रो बनाउने गर्छ  डा. रावलले बताए ।

\एन्टिअक्सिजन बढी भएका खानेकुरा बढी खाने गर्नुपर्छ । जस्तै, फलफूल, भिटामिन ए, सी र ई भएका खानेकुरा । ‘रोग प्रतिरोधात्मक क्षमता बढाउन भान्सामा दैनिक पाक्ने खानेकुरा खानु पर्दछ ।, ‘प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले भनिन्, ‘दाल, चामल, हरिया सागसब्जी, घरायसी मसला, खिचडी, तरुल, क्वाटी, रोटी, ढिंडो, दूध, दही मोही, ताजा अचार, खीर, पुरीजस्ता खानेकुराले रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । पछिल्लो समयमा जिल्लास्थित मापदण्ड अनुसारको एकीकृत क्वारेन्टाइन बनाएको छ ।’

मुलुकभर कोरोना भाइरस फैलिदो अवस्थामा छ । यसलाई रोकथाम तथा नियन्त्रण गर्नका लागि देश ५६ दिनदेखि लकडाउनमा छ । भारत तथा तेस्रो मुलुकबाट आएका नागरिकलाई अनिवार्य क्वारेन्टाइनमा राख्ने गरिएको छ । क्वारेन्टाइनको सुरक्षा निगरानी नेपाली सेनाले गरिरहेका छन् । क्वारेन्टाइनमा बसेका नागरिकको चिकित्सकको टोलीले पनि पटक पटक तापक्रम चेकजाँच गर्ने र पहिलो चरणमा आरडिटी परीक्षण गर्ने, रिपोर्टका आधारमा आरटी पिसिआर परीक्षण गरिने छ ।

जिल्लामा अहिले एक हजार २ सय ७९ जनाको पिसिआर र २ सय ६३ जनाको आरडिटी परीक्षण गरिएको थियो । यसमा रिपोर्ट सवै जनाको नेगेटिभ आएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ