२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेश५१ जनाले पाए राहत

५१ जनाले पाए राहत


सुर्खेत – नेपाल रेडक्रस सोसाईटी शाखा मुगुले रेडक्रस दिवसको अवसरमा मुगु जिल्लामा रहेको एक नगरपालिका ३ गाँउ पालिकाभित्र रहेका असहाय , अपांगता , दलित , गैर दलित लगायत अन्य नागरिकलाई राहत वितरण गरेको छ । कोरोना भाइरस कोभिड १९को महामारीबाट बच्नको लागी नेपाल सरकारले गरेको लकडाउनका कारण विहान वेलुका छाक टार्न समेत सकस भएका नागरिक लाई राहत वितरण गरेको नेपाल रेडक्रस सोसाईटि शाखा कार्यालय मुगुले जनाएको हो ।

पछिल्लो समय जिल्लाका एक नगरपालिका र ३ गाउपालिकाले सरसफाई र खाद्यान्नको राहत वितरणमा होड बाजी गरे पछि जिल्लामा रहेका अन्य संघ संस्थाले पनि राहत वितरणमा पाईला सारेका छन् । नेपाल रेडक्रस शाखा कार्यालय मुगुका अनुसार जा हेनरि ड्युनाको जन्मोत्सवमा भान्सामा प्रयोगहुर्ने सामान क्रमश : बालटिन १ , कराई १ , डाडु पनिउ १ र १ सेट , गिलास ३ , थाल २ , ताउलो ३ कचौरा २ र लत्ता कपडा गरि जम्मा ५१ जना असहाय नागरिकलाई राहत सामान वितरण गरेको छ ।

नेपाल रेडक्रस सोसाईटिका केन्द्रिय सदस्य तिलक मल्ल र जिल्ला शाखाका सभापति जय बहादुर मल्लले सयुक्त रुपमा नागरिक लाई राहत वितरण गरेका हुन ।
राहत वितरणमा अहिले विश्व भरि महामारीको रुपमा फैलिरहेको नोवेल कोरोना भाईरस कोभिड १९ को वारेमा जनचेतना गाँउ बस्तीमा गएर सकारात्मक सन्देश फैलाएको जिल्ला सभापित जय बहादुर मल्लले बताए । अहिले देश संकटासन्न अवस्थामा रहेको बेला आर्थिक अवस्था न्युन भएका व्यक्ति लाई थोरै भए पनि घाउमा मलम लगाएको उनको भनाई रहेको छ ।

राहात पाए पछि खत्याड गाँउ पालिका वडा नम्बर २ का स्थानिय बासी दृश्टी बिहीन कल्से नेपालि निकै खुसी भएका थिए । बिगत बाट रेडक्रस मुगुले आफुलाई सहयोग गदै आई रहेको र पछिल्लो कोरोना भाईरसले लगडाउन समयमा बिहान बेलुका छाम टार्न गारो भएको बेला पुर्न राहात पाएपछि मुगुमा रहेका रेडक्रस क्रर्मिलाई धन्यवाद दिएका छन ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ