२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लाको क्वारेन्टाइनमा १४ जना थपिए, सुरक्षा प्रदान गर्दै नेपाली सेना

जुम्लाको क्वारेन्टाइनमा १४ जना थपिए, सुरक्षा प्रदान गर्दै नेपाली सेना


जुम्ला- जुम्लाको सदरमुकाम खलङ्गास्थित कर्णाली प्राविधिक शिक्षालयमा निर्माण गरिएको जिल्ला स्तरीय एकीकृत क्वारेन्टानको रेखदेख नेपाली सेनालाई जिम्मेवारी दिएको छ । जिल्ला सुरक्षा समितिको बैठकले क्वारेन्टान रेखदेखको जिम्मेवारी नेपाली सेनालाई दिएको हो ।

यसअघि स्थानीय तहमा निर्माण गरिएका क्वारेन्टानमा सुरक्षा अभावले नागरिक बस्न नमान्ने र बसेका पनि १४ दिन अभावै घर जाने गरेकाले जिल्लामै एकीकृत क्वारेन्टाइन निर्माण गरी सुरक्षाको जिम्मेवारी नेपाली सेनालाई दिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । एक नगरपालिका र सात गाउँपालिका नागरिक बाहिरबाट आएपछि अनिवार्य जिल्ला स्तरीय एकीकृत क्वारेन्टाइनमा राख्ने गरेको छ ।

देश भित्र र बाहिर भारतबाट आएका १४ जना नागरिक एकीकृत क्वारेन्टाइनमा थपिएका छन् । भारतको पिथौँरागढ देखि बाजुरा जिल्ला हुगै मुगु भएर कनकासुन्दरी गाउँपालिका आएका ६ जना नागरिकलाई एकीकृत क्वारेन्टाइनमा राखिएको प्रहरी नायव उपरीक्षक लालबहादुर धामीले बताए । उनले भने,  ‘त्यस्तै तिलाका ३ जना र सिंजाका ५ जना गाउँपालिकामा आएपछि उनीहरुलाई एम्बुलेन्समा ल्याएर क्वारेन्टाइनमा राखिएको हो ।’

यसअघि भारतको रुपैडिहा नाकाबाट आएका २९ जनालाई क्वारेन्टाइनमा राखिएको छ । रुपैडिहा नाकाबाट उद्धार गरी ल्याएका २९ जना नागरिकलाई कर्णाली प्राविधिक शिक्षालय जुम्लाको एकीकृत क्वारेन्टाइनमा राखिएको सहायक प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले जानकारी दिए ।

सहायक प्रमुख जिल्ला अधिकारी देवकोटाकाअनुसार भारतबाट सरकारको निगरानीमा आएकामध्ये हिमा गाउँपालिकाका २५, कनकासुन्दरीका एक, तिलाकाका एक, हुम्लाका एक र मुगुका एक गरी २९ जना नागरिकलाई क्वारेन्टाइनमा राखिएको हो ।
लकडाउन अवधिभर जिल्लामा ११ हजार २ सय ११ जना नागरिक भित्रिएका छन् ।

जिल्ला भित्रिएका नागरिक मध्ये ३५ जना क्वारेन्टाइनमा रहेका छन् भने एक हजार २ सय २४ जना नागरिक १४ दिनपछि घर फिर्ता भएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । एक हजार ५ सय ५४ जनाको पिसिआर र २ सय ६३ जनाको आरडिटी परीक्षण रिपोर्ट नेगेटिभ आएको जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ