२०८१ माघ ६, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णालीका किशोर किशोरीहरु स्वास्थ्य सेवाबाट बन्चित

कर्णालीका किशोर किशोरीहरु स्वास्थ्य सेवाबाट बन्चित


सुर्खेत –  कर्णाली प्रदेशमा किशोर किशोरीहरुको स्वास्थ्यसम्बन्धी सेवा प्रवाह प्राथमिकतामा पर्न सकेका छैन।  जसका कारण किशोर किशोरीहरु स्वास्थ्य सेवाबाट प्रयाप्त लाभ लिन बञ्चित भएका छन ।

सुर्खेत वीरेन्द्रनगर नगरपालिका वडा नं. नौ की १९ वर्षे सिलु मगरले सरकारी स्वास्थ्य संस्थाबाट छुट्टै खालको कुनै पनि सेवा नलिएको र किशोर  किशोरीले मैत्री स्वास्थ्य सेवा पाइन्छ भन्ने बारेमा आफुलाई जानकारी पनि नभएको बताइन् ।

सुलु जस्तै वीरेन्द्रनगर ८ सुर्खेतका १५ वर्षे रमित जिसिले पनि विद्यालयमा शिक्षकहरुले किशोर किशोरकिो स्वास्थ्य तथा शिक्षाबारे पढाए पनि कुन स्वास्थ्य संस्थाबाट सेवा पाइन्छ भन्नेबारे जानकारी नपाउँदा आफु त्यस्तो सेवा लिन स्वास्थ्य संस्था नगएको जानकारी दिए ।

उनी भन्छन, ‘किशोरकिशोरीको स्वास्थ्य तथा विकासमा सुधार ल्याउने स्वास्थ्य सम्बन्धी के – कस्ता कार्यक्रम चलेका छन भन्ने कुरा आफूलाई कुनै थाहा भएन ।’

त्यस्तै, वीरेन्द्रनगर ७ की १६ वर्षकी आर्जु जिसिले पनि आफुले पाउने स्वास्थ्य सेवाका बारेमा जानकारी नहुँदा सेवा लिन नगएको बताइन । तर स्कुलमा आएर स्वास्थ्यकर्मीले यौन तथा प्रजनन्का बारेमा सचेतना दिएको उनको भनाई छ ।

किशोरकिशोरीको स्वास्थ्यको विकास एवम प्रवद्धर्नका लागि ‘राष्ट्रिय किशोरकिशोरी स्वास्थ्य तथा विकास’ रणनीति २०७५ तयार पारिएको छ ।   त्यस रणनिती अनुसार सुर्खेका १३ वटा स्वास्थ्य संस्थाले किशोरकिशोरिका लागि तालिम प्राप्त दुईजना स्वास्थ्यकर्मीको ब्यबस्था गरि सेवा दिने भनिएको छ । तर हाल कुनै स्वास्थ्य संस्थाले त्यस्तो प्रकारको सेवा दिएको पाइएको छैन ।

जनस्वास्थ्य सेवा कार्यक्रम  सुर्खेतमा कार्यरत पब्लिक हेल्थ नर्स संगिता खड्काले तालिम प्राप्त स्वास्थ्यकर्मीको  समायोजनका कारण प्रभावकारी सेवा प्रबाह हुन नसकेको बताइन् ।

बालविवाह, यौन तथा प्रजनन् स्वास्थ्यका बारेमा उचित र प्रभावकारी शिक्षा नहुँदा अहिले पनि विविध खालका समस्याहरु देखिने गरेका छन् । सानो उमेरमा विवाह गर्नाले सामाजिक रुपमा सम्वन्ध विच्छेदका घटना बढेका छन् । कर्णालीका किशोर किशोरीले उच्च शिक्षा हासिल गर्न सकेका छैनन् ।

उनीहरु परनिर्भर बन्दै गइरहेका छन् भने समाजलाई यसले डिप्रेशनतर्फ धकेल्दै गएको छ । सरकारी तथा निजि स्वास्थ्य संस्थामा प्रजनन स्वास्थ्य सम्बन्धी शिक्षा स्कूल तह देखी दिन आवश्यक छ भने प्रजनन् स्वास्थ्य सेवापनि प्रभावकारी दिनुपर्ने देखिन्छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ