२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै १८ सय बढीको कोरोना जाँच, रिपोर्ट नेगेटिभ

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमै १८ सय बढीको कोरोना जाँच, रिपोर्ट नेगेटिभ


जुम्ला – फैलिदो कोरोना भाइरस (कोभिड–१९) नियन्त्रण रोकथाम गर्नका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले ठुलो भुमिका खेल्दै आएको छ । संघीय सरकारदेखि कर्णाली प्रदेश सरकारले कोरोना भाइरस निन्त्रण गर्नका लागि जिम्मेवारी दिएको छ । प्रदेश सरकारले माथिल्लो कर्णालीका पाँच जिल्ला जुम्ला, हुम्ला, डोल्पा, मुगु र कालिकोट जिल्लाको कोभिड निन्त्रण गर्न जिम्मेवारी दिएको हो ।

कोभिड जिम्मेवारी सँगसँगै प्रदेश सरकारले सुरक्षित स्वास्थ्य सामग्रीदेखि एक करोड ७५ लाख बजेट उपलव्ध गराएको प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लले बताए । उनले भने कोरोना भाइरस निन्त्रण गर्नका लागि प्रतिष्ठान कटिबद्ध रुपमा लागी परेको छ ।

माथिल्लो कर्णालीका पाँच जिल्लामा चिकित्सकसहित स्वास्थ्यकर्मी परिचालन गरी स्वाब संकलन गर्ने र तिव्रगतिमा परीक्षण गर्ने गरेको प्रतिष्ठानका अस्पताल निर्देशक डा. मंगल रावलले बताए । उनले भने प्रतिष्ठानको लगानीमा आरटी पिसिआर उपकरण खरिद गरि दुई सातादेखि कोरोना परीक्षणको थालनी गरेको हो ।

प्रतिष्ठानले पिसिआर उपकरण सञ्चालनमा ल्याएदेखि एक हजार ८ सय ८१ जना नागरिको स्वाब परीक्षण गरि रिपोर्ट सार्वजनिक गरेको छ । परीक्षण रिपोर्ट नेगेटिभ आएको अस्पताल निर्देशक डा. रावलले बताए । प्रतिष्ठानले आइसियू भेण्टिलेटर सहित १२० बेडको आइसोलेसन अस्पताल सञ्चालनमा ल्याएको छ । चीनमा कोरोना भाइरस देखिएदेखि प्रतिष्ठानले आफ्नो तयारी गर्दै आएको उनको भनाइ छ ।

जुम्ला एक हजार ३६० जना, कालिकोट ३८८ जना, हुम्ला १३३ जना, मुगुको ३९ जना गरी गरी एक हजार ८८१ ज्नाको रिपोर्ट नेगेटिभ आएको जनाएको छ । प्रतिष्ठानमा आरटी पिसिआर परीक्षण उपकरण सञ्चालन अघि जुम्लाका ३३९ जनाको सुर्खेत र काठमाडौँमा पिसिआर परीक्षण गरिएकोमा सवै जनाएको रिपोर्ट नेगेटिभ आएको थियो ।

आरडिटी पोजेटिभ रिपोर्ट, पिसिआर नेगेटिभ

हुम्ला र मुगुमा आरडिटि परीक्षण पोजेटिभ देखिएका तीन जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालका अनुसार हुम्ला नाम्खाका २ जना र मुगु खत्याडका १ जनाको आरडिटि पोजेटिभ देखिएकाको थियो । आरडिटी पोजेटिभ देखिका व्यक्तिको पिसिआर रिपोट नेगेटिभ आएको प्रतिष्ठानका प्रयोगशाला प्रमुख पुन मगरले बताए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ