२०८१ वैशाख ३०, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशसामाजिक दुरी पालना गराउन वीरेन्द्रनगरका सबै वडामा समूह परिचालन हुने

सामाजिक दुरी पालना गराउन वीरेन्द्रनगरका सबै वडामा समूह परिचालन हुने


सुर्खेत – कोरोना भाइरस (कोभिड–१९)को महामारीलाई रोकथाम तथा नियन्त्रण गर्न सुर्खेतमा सामाजिक दुरी कायम गराउनका लागि समूह खटिने भएको छ । खाद्य तथा अन्य अतिआवश्यकीय पसलहरुमा नागरिकहरुलाई सामाजिक दुरी कायम गराउन समूह खटिने भएको हो ।

सामुदायिक प्रहरी, नगर प्रहरी वडा कार्यालयको संमन्यवयमा समाजिक दुरी कायम गराउने कार्य शुरु गर्न लागिएकोे जिल्ला प्रहरीकार्यलय सुर्खेतले जनाएको छ । सामाजिक दुरी कायम गर्न नसके लकडाउनको कुनै अर्थ नहुने भन्दै कोरोनाको महामारीबाट बच्नका लागि सामाजिक दुरी नै उत्तम विकल्प रहेको प्रहरीको भनाइ छ ।

त्यसैका लागि यो अभियानको सुरुवात गर्न लागिएको हो । कोरोना भाईरस कोभिड १९ का कारण नेपाल पनि चुनौतीपूर्ण अवस्थाबाट गुज्रिरहेकाले सबै सचेत हुनु पर्ने जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी प्रहरी निरक्षक गोपाल रायमाझीले जानकारी दिए । हाल सुर्खेतमा ३ दिन – सोमोबार, बुधबार, शुक्रबार अति आवश्किय पसल खुला हुदै आएका छन्।

किनमेलको समयमा नागरिकहरुले सामाजिक दुरी पालना नगरेकाले कोरोनाको त्रास झन बढेको निरक्षक रायमाझीको भनाई छ । ‘त्यसैले सबै मिलेर सामाजिक दुरी कायम गराउन पहल थालिएको प्रहरीको भनाई छ । यो अभियान बजार क्षेत्रलाई प्राथामिकता दिएर शुक्रबार देखि लागु गरिने र शिनिबारबाट वीरेन्द्रनगरका १६ वटै वटामा लागुगरिने निरक्षक रायमाझीले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ