२०८१ वैशाख २९, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशशिखर ईन्स्युरेन्स कम्पनीले थाल्यो कोरोना विमा

शिखर ईन्स्युरेन्स कम्पनीले थाल्यो कोरोना विमा


सुर्खेत – शिखर ईन्स्यूरेन्स कम्पनी लिमिटेड शाखा कार्यालय मुगुले जिल्लामा कोरोना विमा शुरु गरेको छ । कोभिड-१९ लागेपछि उपचारका लागि खर्चको समस्या नहोस भनेर विमा गर्न सुरु गरेको शिखर ईन्स्यूरेन्स कम्पनीले जनाएको हो ।

छायाँनाथ सहकारीले पहिलो चरणमा फिल्डमा खटिने ५२ जना कर्मचारी,संचालन समिती र उपसमितीका पदाधीकारीहरुको विमा गरेर कोरोना विमा शुरु गरेको हो । सुरक्षाका उपाय अपनाउँदा-अपनाउँदै पनि गाँउ-गाँउमा खटिने कर्मचारीहरुमा कहि कतै कोरोना संक्रमण भइहाले उपचारका लागी सहकारी र स्वमं कर्मचारीले व्यायभार व्यहोर्न नपारोस र कर्मचारीहरु सुरक्षित र आत्मबलका साथ कार्यक्षेत्रमा खटिउन भन्ने उद्देश्यले  कर्मचारीहरुको कोरोना विमा गरि दिएको सहकारीका अध्यक्ष भुपेन्द्र बहादुर मल्लले बताए ।

छायाँनाथ सहकारीले कर्मचारी,संचालन समिती र उपसमितीका पदाधिकारीहरुको मात्र नभएर आफ्ना ८ हजार सदस्यहरुको समेत कोरोना विमा गराउने भएको छ । एकै पटक धेरै सदस्यहरुको कोरोना विमा गराउने भएकाले विमा कम्पनीसंग केहि सहुलियतका कुरो भइरहेका सस्थाका कोषाध्यक्ष हरि बहादुर शाहीले जानकारी दिए । यदि कम्पनी सहमत भएमा प्रति सदस्यको विमामा ५० प्रतिशत सहकारी र ५० प्रतिशत सदस्यले व्यहोर्ने गरि सदस्यहरुको कोरोना विमा गर्न शुरु गर्ने उनको भनाइ छ ।

बन्दाबन्धीको समयमा सदस्यहरुको आम्दानी नहुने भएकाले कोहि सदस्यलाई कोरोना संक्रमण भैहाले सदस्यमुखि दायित्वका हिसाबले सहकारीले कोरोना विमामा ५० प्रतिशत दायित्व बहन गर्न लागेको हो । कोषाध्यक्ष शाहीले भने, सदस्य बाँचे पो सहकारी, सदस्य नै नरहे कस्को लागी सहकारी, त्यसैले यो माहामारीको बेला सदस्यमुखि सेवामा जोड दिएका छौ । सदस्यलाई राहतका सहयोग पुगोस भनेर जिल्लामा रहेका सबै स्थानिय सरकारहरुलाई प्रति पालिका ५० हजारका दरले आर्थिक सहयोग गरेको उनको भनाइ छ ।

जिल्लामा रहेका ३ सय बढि विभिन्न विषयगत सहकारी मध्य आफ्ना सदस्यहरुको कोरोना विमा गर्ने पहिलो वित्तिय सस्था छायाँनाथ बचल तथा ऋण सहकारी सस्था भएको शिखर ईन्स्युरेन्स मुगु शाखाले जनाएको छ । ईन्स्यूरेन्सका मार्केटिङ्ग म्यानेरजर लोकेन्द्र बहादुर भण्डारीका अनुसार, हालसम्म पारिवारिक रुपमा कोरोना विमा गर्नेहरु ६० जना पुगेका छन् ।

१ लाख बराबरको सस्थागत, पारिवारिक कोरोना विमा गर्दा प्रति सदस्य ६ सय र ५० हजार बराबरको गर्दा ३ सय विमाशुल्क लाग्ने र त्यही विमा व्यक्तिगत गर्दा क्रमश १००० र ५०० लाग्ने बताइएको छ । विमा अवधी एक बर्ष हुने र विमा दावी पिसिआर परिक्षण गर्दा कोरोना पुष्टी भएको हुनु पर्नेछ ।

जन्मेको ३ महिना देखि ९९ बर्षसम्मका व्यक्तिहरुको कोरोना विमा गरिने पनि मार्केटिङ्ग म्यानेजर भण्डारीले जानकारी दिए। यसरी विमा गरेका व्यक्तिहरु स्वदेश मै बसेको हुनु पर्ने यदि विमा गरेर विचैमा विदेशमा गएको भए विमा अवधी मै नेपाल फर्किएमा नेपाल आएको १५ दिन पछि विमा लागु हुनेछ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ