गृहपृष्ठ ∕ कर्णाली प्रदेश ∕ कर्णालीमा कोरोना संक्रमण हुनेको संख्या ९ पुग्यो कर्णालीमा कोरोना संक्रमण हुनेको संख्या ९ पुग्यो चन्द्रा कँडेल सोमबार, २०७७ जेठ १२ गते, १२:२३ मा प्रकाशित सुर्खेत- कर्णाली प्रदेशमा आइतबार थप पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कर्णाली प्रदेश प्रयोगशालामा पाँच जनामा कोरोना संक्रमण पोजेटिभ देखिएपछि पुनः पुष्टिका लागि नेपालगञ्ज पठाइएको थियो। नेपालगन्जमा गरिएको परीक्षणमा पाँचै जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयकी निर्देशक डा. रीता भण्डारी जोशिले जानकारी दिइन्। यो सँगै कर्णालीमा कोरोनाबाट संक्रमण हुनेको संख्या ९ पुगेको छ। दैलेख सदरमुकाम नारायण नगरपालिका–३ का १५ वर्षीय र नारायण नगरपालिका–६ का १६ वर्षीय किशोर, त्यसैगरी डुङ्गेश्वर गाउँपालिका–१ का २९ वर्षीय एक पुरुषसँगै २७ वर्षीया उनकी श्रीमती र सोही वडाका २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो । उनीहरु सबै भारतबाट आएका हुन्। संक्रमण पुष्टि भएका पाँचै जनालाई आइतबार नै सदरमुकामको सरस्वती मावि तर्ताङ्गमा रहेको कोरोना आइसुलेसन वार्डमा राखिएको स्वास्थ्य सेवा कार्यालय दैलेखका कोभिड फोकलपर्सन थीरप्रसाद रेग्मीले जानकारी दिए। स्वास्थ्यकर्मीहरुको सल्लाहमा संक्रमण देखिएका दम्पतिसंगै एक वर्षीय एक बालक पनि आइसुलेसनमा राखिएको डुङ्गेश्वर गाउपालिका एक का वडाध्यक्ष लोकबहादुर डाङ्गीले जानकारी दिए क्याटेगोरी : कर्णाली प्रदेश तपाईको प्रतिक्रिया दिनुहोस सम्बन्धित समाचार जिल्ला अस्पताल सल्यानबाट पेट तथा मुटु सम्बन्धी विशेष सेवा सुरू कर्णाली प्रदेश अस्पताल सुर्खेतका लेखा अधिकृतसहित तीन जना विरुद्ध भ्रष्टाचार… सिंजा जुम्लाको पहिलो पोषणमैत्री पालिका घोषणा जुम्लामै डिम्बाशयको सफल शल्यक्रिया मुगुमा सुरक्षित गर्भपतन सेवा लिने बढ्दैं मनिसाँघुमा हिमानीद्वारा १ करोड ५० लाख लागतमा बन्ने बर्थिङ सेन्टर… धेरै पढिएका १ मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन २ हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले ३ निजी मेडिकल कलेजका प्रयोगशाला ठेक्कामा, मापदण्ड विपरित ठेक्कामा दिएको खुलासा ४ क्लिनिक वानमा रेबिज खोपको तालिम सम्पन्न ५ फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला ६ मनमोहन कार्डियोमा नर्सिङ संघको इकाई गठन, अध्यक्षमा खत्री ७ मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार Kalpana Craft ट्रेण्डिङ जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन् जोमसोम अस्पतालमा १७ वर्षीया किशोरीले जन्माइन् शिशु मेडिकल प्राक्टिस : विगत दुई दशकमा भएका परिवर्तन हृदयघात भएकी महिलालाई उद्धार गरेर यसरी बचायो नर्भिकले फल्यासब्याकः कोभिड र समाजसँग लडाइ चलेका बेला मुटु रोग विशेषज्ञ डा. ओममूर्ति अनिललाई प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार दुर्गममा जनस्वास्थ्य समस्या : पहुँच कि चेतना ? भाडा नपाएको भन्दैं श्री हस्पिटलमा घरधनीले लगाए ताला मेडिकल अंकोलोजिस्ट एण्ड हेमाटोलोजिष्ट डा. प्रकाश, जो नेपाली क्यान्सर बिरामीको सेवामा समर्पित हुन चाहन्छन्