२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना भाइरसको परीक्षणको दायरा बढाउन किट किन्दै वीरेन्द्रनगर

कोरोना भाइरसको परीक्षणको दायरा बढाउन किट किन्दै वीरेन्द्रनगर


सुर्खेत – सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले कोरोना भाईरस कोभिड १९ परिक्षणको दायरा बढाउने भएको छ । पिसिआर बिधिबाट कोरोना भाइरसको परीक्षणको दायरा बढाउन किट खरिद गर्ने नगरपालिकाले जनाएको हो । सोमबार कार्यवाहक नगर प्रमुख मोहनमाया ढकालको अध्यक्षतामा बसेको बैठकले यस्तो निणर्य गरेको हो ।
|
कोरोना भाइरसको परीक्षणको दायरा बढाउनलाइ किट खरीद गरी नगरापलिकाले नै व्यवस्थापन गर्ने तयारी थालेको बताईएको छ । कोरोना भाइरसको संक्रमण रोकथाम, नियन्त्रण र उपचार गर्न वीरेन्द्रनगर नगरपालिको कार्यालयलाइ सबै राजनैतिक दल, व्यवसायी तथा नागरिक समाजले प्रत्येक वडामा वडाध्यक्षको संयोजकत्वमा कोरोना रोकथाम, नियन्त्रण र उपचारका लागि आवश्यक सहयोग गर्न वडा स्थित दलका प्रतिनिधि , समाजसेवी , बुद्धिजिवि र टोल विकास संस्थाका प्रतिनिधि रहेको सहजीकरण समिति गठन गरी परिचालन गर्ने निर्णय गरेका छन् ।

नगरपालिकाले बाहिरबाट आएका व्यक्तिहरुलाई आरडिटी परीक्षण गरी प्रत्येक फरक फरक पटक आएकालाई भिन्दाभिन्दै स्थानमा बसोबासको व्यवस्था मिलाउने र त्यो कार्यमा स्थानीय क्लब तथा युवाहरु स्वयंसेवीको भूमिका निर्वाह गर्ने गरी समिति बनाउने निर्णय गरेको नगरपालिकाले जनाएको छ । प्रत्येक वडाका विद्यालय, कलेज तथा विश्वविद्यालयका भवनहरुलाइ पूर्व सावधानी गृहको रुपमा सञ्चालन गर्न आवश्यक सूचना संकलन गरी प्रकृया अगाडि बढाउने र हाल नगरपालिका अन्तरगत रहेका निजि अस्पताल, नर्सिंग होम तथा ठूला होटलहरुको आवासीय क्षमता अवस्थाको सूचना संकलन गरी भावि दिनमा प्रयोग गर्नका लागि पूर्व तयारी गर्ने बिषयमा छलफल भएको नगरपालिकाले जनाएको छ।

विदेशमा रहेका र तत्काल नेपाल फर्कन लागेका व्यक्तिहरुको वडागत रुपमा तथ्यांक वडाहरुले संकलन गर्न थालेको र न्यूनतम ३ महिना सम्मका लागि खाद्यान्न उपलब्धताका लागि सरोकारवालाहरुसँग नगरपालिकाले समन्वय गने निर्णय भएको नगरपालिका कार्यवाहक प्रमुख मोहनमाया ढकालले बताइन् । ‘कृषि कार्य र निर्माण कार्यमा स्थानीय जनशक्ति र साधन श्रोतको अधिकतम प्रयोग गर्दै राहतलाइ ज्यालासँग जोड्ने निर्णय भएको छ ।’ उनले भनिन,‘लकडाउनलाइ पूर्ण पालना गर्न गराउन सबैले सहयोग गर्ने र नगरपालिकाले गरेका कार्य गतिविधिको दैनिक रुपमा सार्वजनिक गर्न कामको थालनी उनको भनाई छ ।’


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ