२०८१ वैशाख १५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोनाको उत्कृष्ट उपचार दिँदै कर्णाली प्रदेश अस्पताल

कोरोनाको उत्कृष्ट उपचार दिँदै कर्णाली प्रदेश अस्पताल


सुर्खेतस्थित चौकुने गाउँपालिकाका ३३ वर्षीय कोभिड–१९ अर्थात् कोरोना भाइरस संक्रमित पुरुष ६ दिनदेखि प्रदेश अस्पतालमा उपचाररत छन् । अस्पतालमा कोरोनाको उपचारमा खेलाची हुने सुनेका उनले त्यस्तो अवस्था देखनन् । उनले सुनेभन्दा उल्टो सुविधा अस्पतालमा पाए ।

‘अस्पतालमा राम्रो हेरचाह भएको छ,’ उनले भने, ‘चेकजाँच पनि बेलाबेलामा भइरहन्छ ।’ खानपिनदेखि बस्नलाई समस्या नभएको आइसोलेसनमा बसेकाहरूको भनाइ छ । ‘अहिले मेरो स्वास्थ्य अवस्था पनि राम्रो नै छ,’ उनले भने, ‘दैनिक चार÷चार घण्टाको फरकमा डक्टरले जाँच गर्नु हुन्छ ।’ उनका अनुसार खाना, नास्तामा चना, साग सब्जी, अण्डा र मासु पनि समावेश गरिएको हुन्छ । प्रत्येक्ष डाक्टरहरूको निगरानीमा उपचार गराउन पाएकोमा खुसी लागेको उनको भनाइ छ ।

त्यस्तै, खाना र नास्ता पनि समयमै दिइएको अस्पतालले जनाएको छ । अस्पतालमा सरसफाइका लागि पर्याप्त पानी वासिङ मेसिनको पनि सुविधा भएको अस्पतालको भनाइ छ । त्यस्तै कर्णाली प्रदेशका पहिलो संक्रमित दैलेख आठबिस नगरपालिकाका ३५ बर्से पुरुष पनि ६ दिनदेखि प्रदेश अस्पतालमा उपचार गराई रहेका छन् । ‘डाक्डरले समय-समयमा प्रेसर र ज्वरो नाप्न लगाउनु हुन्छ,’ उनी भन्छन्, ‘नआत्तिनुस् तपाईंको स्वास्थ्यमा सुधार हुँदै गएको छ भन्दा खुसी लाग्छ ।’ प्रदेश अस्पतालका डाक्डर नवराज केसीले बिरामीको प्रतिरोधात्मक क्षमता वृद्धि गर्न र हौसला प्रदान गर्न अस्पतालले विषेश ख्याल गरेको जनाए ।

‘अस्पतालमा बिरामीको स्वास्थ्य अवस्थाको राम्रो ख्याल गरिएको छ । बिरामीको भावना बुझ्ने, कुरा गर्ने साथै पोषणयुक्त खानाको व्यवस्था गरिएको छ । प्रदेश अस्पतामा उपचार गराईरहेका अभिभावकको साथमा एक चार बर्से बच्चा पनि छन् । बच्चालाई खेलौना व्यवस्था पनि गरिएको छ,’ उनले भने । हाल कर्णाली प्रदेश अस्पतालमा ३२ जना कोरोना भाइरस कोभिड १९ का बिरामीहरूले उपचार गराइरहेका छन् ।

ती बिरामीको उपचार गर्न पहिलो चरणमा दुईजना डाक्टर खटिएका छन् । प्रदेश अस्पतालका मेडिसियन विभाग प्रमुख फिजिसियन डाक्टर केएन पौडेलका अनुसार दुईजना डाक्डरले १२-१२ घण्टा डिउटी गर्दै आएका छन् । सबै बिरामी सामान्य रहेको र स्रोतसाधन पनि कम भएकाले १२ घण्टा डिउटी गर्नु परेको उनको भनाइ छ । यदी बिरामी सिरियर भएमा स्रोतसाधन र डाक्टरको संख्या थप गर्ने उनले जानकारी दिए ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ