२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशभारतबाट आएका १८४ जना एकीकृत क्वारेन्टाइनमा

भारतबाट आएका १८४ जना एकीकृत क्वारेन्टाइनमा


जुम्ला – जुम्लामा भारतबाट आउनेको संख्या अत्याधिक बढेको छ । यो सँगै यहाँको जिल्लास्तरीय एकीकृत क्वारेन्टिन भरिभराउ बनेका छन् । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रमुख लालबहादुर धामीका अनुसार कर्णाली प्राविधिक शिक्षालय र दुर्गा माबि लाम्रामा गरेर १ सय ८४ जना क्वारेन्टिनमा बसेका छन् । ४५ जनाको पिसिआर परिक्षण गर्दा कोराना रिर्पोट नेगेटिभ आएपछि घरफर्किएका छन् ।
दैनिकदिन सयौँको संख्यामा जुम्ला भित्रिने क्रम बढेको छ ।

कर्णाली प्राविधिक शिक्षालयको क्वारेन्टिनमा १५६ जना र दुर्गा माध्यामिक विद्यालय लाम्राको क्वारेन्टिनमा २८ जना बसालिएको प्रहरी प्रमुख धामी बताए । कामका शिलशिलामा भारत गएकाहरु फर्किन थालेपछि जुम्लाबासी त्रासित छन् ।

दैनिक रुपमा जुम्ला भित्रिनेको संख्या बढिरहेकोले व्यवस्थापनमा चुनौति थपिएको छ । चाँडै स्थानीय तह र सरोकारवाला निकाय फेरी आकस्मिक वैठक बसेर थप व्यवस्थापन गर्न आवश्यक देखिएको जिल्ला प्रशासन कार्यालय जुम्लाले जनाएको छ ।

अहिले आउनेमा क्षेत्र नं (ख) का नागरिकहरु क्वारेन्टाईनमा बढि छन् । अव आउने व्यक्तिका लागि कहाँ राख्ने भन्ने चिन्ता भईरहेको छ । अव सदरमसकाम वा नजिकै चाडँै क्वारेन्टाईनको संख्या व्यवस्थापन गर्नु पर्नेछ । यदि अव बाहिरबाट आउने मानिसहरूको व्यवस्थापन नभई घर जानुपर्ने वाध्यता भयो भने हाल सम्म गरेको सवै उपलब्धी पनि फेरी गुम्ने डर हुन सक्छ ।

हाल जिल्लाको पाँच स्थानमा एकीकृत क्वारेन्टिन निर्माण गरिएको छ । कर्णाली प्राविधिक शिक्षालय, जुम्ला बहुमुखि क्याम्पस, निर्माण व्यवसायीको भवन, दुर्गा माबि लाम्रा र सरस्वती माबि कुडारीमा एकीकृत क्वारेन्टिन निर्माण गरिएको हो ।

भारतबाट भित्रिनको संख्या बढिरहेको बेला उच्च सावधानी अपनाउन स्थानीयले सरोकारवाला निकायालाई आग्रह गरेका छन् । एक हप्ता अघि सम्म आएका सबैको पिसिआर परिक्षण गरिसकिएको छ । सबैको रिर्पोट नेगेटिभ आइसकेको छ । तर पछिल्लो समयमा भित्रिनेहरुबाट कोराना संक्रमण फैलन सक्ने अनुमान गरिएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ