२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशजुम्लामा कोभिड संक्रमित बिरामी बोक्ने एम्बुलेन्स तयार

जुम्लामा कोभिड संक्रमित बिरामी बोक्ने एम्बुलेन्स तयार


जुम्ला – कोभिड-१९को रोकथाम तथा नियन्त्रण गर्नका लागि विगत ६७ दिन देखि देश लकडाउनमा छ । यस्तोमा कोरोना नियन्त्रण तथा रोकथामका लागि कर्णाली प्रदेशका प्रहरी प्रशासन, सुरक्षाकर्मी, स्वास्थ्य संघ संस्था, प्रतिष्ठान, स्थानीय सरकारले उच्च सर्तकता अपनाइ रहेका छन् ।

कोरोना भाइरसको संकटलाई मध्यनजर गर्दै  जिल्ला स्तरीय कोभिड संकट व्यवस्थापन केन्द्र र स्थानीय तहको आर्थिक सहयोग तथा समन्वयमा कोरोना भाइरस संक्रमित बिरामी बोक्नको लागि एम्बुलेन्स तयार गरिएको छ ।

निजि सवारी साधन भाडामा लिएर कोरोना भाइरस संक्रमित विरामी बोक्ने सक्ने गरी बनाएर एम्बुलेन्सको तयारी गरिएको निमित्त प्रमुख जिल्ला अधिकारी ओमप्रकाश देवकोटाले बताए । यस कोरोना भाइरस संक्रमित एम्बुलेन्स व्यवस्थापनका लागि यहाँका राजनीतिक तथा समाजसेवी देवेन्द्र शाही, नेपाली सेना, महत्वपूर्ण भुमिका रहेको उनले बताए ।

यो एम्बुलेन्स कोरोना संक्रमित विरामी बोक्नका लागि मात्र प्रयोग गरिने उनले बताए । जिल्ला प्रशासन कार्यालय जुम्ला तथा कोभिड संकट व्यवस्थापन केन्द्रको निगरानीमा उक्त एम्बुलेन्स रहेको र संक्रमति भएको जानकारी प्राप्त भएपछि एम्बुलेन्समा ल्याएर कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निर्माण गरिएको आइसोलेन्स अस्पताल उपचार गर्ने तयारी गरिएको छ ।

लकडाउन अवधिभर जुम्लामा १२ हजार ८२ जना नागरिक बाहिरबाट भित्रिएका छन् । जिल्ला स्तरीय एकीकृत क्वारेन्टाइनमा २२४ जना बसेका छन् भने १४ दिनपछि क्वारेन्टाइनबाट एक हजार २७३ जना घर फर्किएको जिल्ला प्रशासन कार्यालय जुम्लाले सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरिएको छ । एक हजार ६४८ जनाको पिसिआर र २७२ जना आरडिटी परीक्षणमा सवै जनाको रिपोर्ट नेगेटिभ आएको प्रशासनले जनाएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ