२०८१ जेठ ५, शनिबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकोरोना फैलिएपछि प्रतिष्ठानले पठायो दैलेखमा चिकित्सकसहितको टोली

कोरोना फैलिएपछि प्रतिष्ठानले पठायो दैलेखमा चिकित्सकसहितको टोली


जुम्ला – कर्णाली प्रदेशको दैलेख जिल्लामा कोरोना भाइरस अनियन्त्रत रुपमा फैलिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले चिकित्सकसहितको टोली पठाएको छ । प्रतिष्ठानले दैलेखमा कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि आइतबार विहान चिकित्सकसहितको टोली पठाएको हो ।

कोरोना भाइरसको उच्च जोखिममा रहेको दैलेखमा चिकित्सक तथा स्वास्थ्यकर्मीको टोली एक महिनासम्म बस्ने भएको छ । कोरोना संक्रमितको उपचार, क्वारेन्टाइन व्यवस्थापन तथा जनस्वास्थ्य स्वास्थ्य सेवा प्रदान गर्नका लागि आफ्ना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुको टोली दैलेख पठाएको अस्पतालले प्रतिष्ठानका रजिष्ट्रार विश्वराज काफ्लेले बताए ।

प्रतिष्ठानले डा. दिनेश शाही, डा. रोज्निम प्रधान, जनस्वास्थ्य विज्ञहरु प्रेम पन्त, निशान्त लामा र प्रतिमा न्यौपानेसहितको टोली दैलेख पठाएको उनले बताए । दैलेखमा कोरोनाको थप जोखिम बढ्न नदिन चिकित्सक सहितको टोली पठाएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाका रजिस्ट्रार काफ्लेले जानकारी दिए । टोलीले स्वास्थ्य सेवा कार्यालय दैलेखले आवश्यकताका आधारमा खटाएको स्थानमा पुगेर कोरोना संक्रमितको उपचारदेखि जनस्वास्थ्य सेवा प्रदान गर्नेछ,’ रजिस्ट्रार काफ्लेले भने ।

दैलेखको दुल्लु नगरपालिका– ११ खागीतडाका ३५ वर्षीय युवाको शनिबार बिहान कोरोनाका कारण क्वारेन्टाइनमै मृत्यु भएपछि नागरिक थप त्रसित बनेका छन् । नगरपालिकाले नेपाल विद्युत प्राधिकरणको भवनमा बनाएको क्वारेन्टाइनमा बसेका ती युवकको समयमै कोरोना परीक्षण र उपचार नपाउँदा उनको मृत्यु भएको आशंका गरिएको छ । कर्णाली प्रदेशको दैलेख जिल्लामा सबैभन्दा पहिले कोरोना भाइरस देखिएको थियो ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ