२०८१ वैशाख ११, मंगलबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशरोग सर्ने डरले स्थानीयले बनाउन दिएनन् विद्यालयमा क्वारेन्टाइन

रोग सर्ने डरले स्थानीयले बनाउन दिएनन् विद्यालयमा क्वारेन्टाइन


जुम्ला – फैलिदो कोरोना भाइरसले भारतबाट गृह जिल्ला जुम्ला आउने नागरिक अत्यधिक मात्रमा वृद्धि भएपछि अहिले कर्णाली प्राविधिक शिक्षालयको एकीकृत क्वारेन्टाइन भरीभराउ छ । त्यहाँको क्वारेन्टाइनले थेक्न सक्ने अवस्था नभएपछि सरकारको नीतिअनुसार स्थानीय तहले सामुदायिक विद्यालयमा क्वारेन्टाइन निर्माण गर्न खोजेपछि स्थानीयले विरोध गरी अवरोध गर्ने गरेका छन् ।

कोरोना भाइरस सर्ने डरले गाउँबस्ती नजिक क्वारेन्टाइन बनाउन नहुने भन्दै स्थानीयले विरोध गरेका हुन् । अहिले कर्णाली प्राविधिक शिक्षालय, दुर्गा मावि लाम्रा र सरस्वती मावि कुडारी गरी तीनवटा क्वारेन्टाइनमा तीन सय ८३ जना नागरिक बसेका छन् ।

बाहिरबाट आउने नागरिकको संख्या बढ्न थालेपछि सामुदायिक विद्यालयमा क्वारेन्टाइन बनाउने सरकारको नीतिअनुसार क्वारेन्टाइन बनाउन खोज्दा स्थानीयले विरोध गर्ने गरेको चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले बताइन् । उनले भनिन्, ‘राज्य यतिबेला संकटमा छ । सबै सहयोग सर्मथन र हातेमालो गरी कोरोन भाइरस नियन्त्रण रोकथाम गर्नुपर्ने ठाउँमा जाने बुझेकै व्यक्तिले असहयोग गर्ने गरेका छन् ।’ स्थानीयलाई सम्झाउन र कुरा बुझाउन खोज्दा पनि बुझ्ने प्रयास नगरेको उनले टिप्पणी गरिन् ।

चन्दननाथ नगरपालिका – १० कार्तिकस्वामीस्थित जनज्योती मावि र ९ नम्बर वडा श्रीढुस्कास्थित शम्भुनाथ ज्ञानकुञ्ज माध्यामिक विद्यालयमा क्वारेन्टाइन बनाउन खोज्दा स्थानीय विरोध गरेर अवरोध गरिएको उनले बताए ।

चन्दननाथ नगरपालिका – १० कार्तिकस्वामीका पदमबहादुर शाहीका अनुसार गाउँबस्ती नजिक क्वारेन्टाइन बनाउन नहुने भन्दै स्थानीय विरोध गरेका हुन् । उनले भने आइसोलेसन र अस्पताल जनिकका विद्यालयमा क्वारेन्टाइन बनाउन छोडेर टाढाका विद्यालयमा क्वारेन्टाइन बनाउन खोज्नु स्थानीयको विरोध गर्नु स्वभाविक हो । रोगसर्ने डरले गाउँबस्ती नजिक क्वारेन्टाइन बनाउनु हुदैन । यसबाट नागरिक त्रसित छन् । लकडाउन अवधिभर जुम्ला १२ हजार ९२ जना नागरिक भित्रिएको जिल्ला प्रशासन कार्यालय तथ्यांक सार्वजनिक गरेको छ ।

त्यस्तै, एक हजार २७३ जना क्वारेन्टाइनबाट घर फिर्ता भएका छन् । एक हजार ६८४ जनाको पिसिआर परीक्षण भएको छ । यसमा रिपोर्ट सबै जनाको नेगेटिभ आएको छ ।


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ