२०८१ वैशाख १६, आईतबार
Health Aawaj logo
गृहपृष्ठकर्णाली प्रदेशकर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना, संक्रमितको संख्या २३३ पुग्यो

कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना, संक्रमितको संख्या २३३ पुग्यो


सुर्खेत कर्णाली प्रदेशमा थप ३५ जनामा कोरोना भाईरस कोभिड १९ संक्रमणको पुष्टि भएको छ। जम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशाला र सुर्खेतको पशुपंक्षी रोग अन्वेषण प्रयोगशालामा गरिएको परिक्षणमा ३५ जना नयाँ संक्रमित थपिएको कर्णाली प्रदेश सामाजिक बिकास मन्त्रालयको स्वास्थ्य सेवा महासाखाले जनाएको हो ।

३५ जना संक्रमित मध्य दैलेखमा ९, सुर्खेतमा १६, सल्यानमा ९, जना नयाँ संक्रमित भेटिएका हुन् । यो सगै कर्णालीमा संक्रमितको संख्या २३३ पुगेको सामाजिक बिकास मन्त्रालयको जन स्वास्थ्य साखा प्रमुख नवराज कँडेलले जानकारी दिए ।

हालसम्म दैलेखमा ९८,सुर्खेतमा ५०, सल्यानमा ४४,जुम्लामा १९,कालिकोटमा १८,मुगुमा १ जना रहेको बताईएको छ ।

 


क्याटेगोरी : कर्णाली प्रदेश



तपाईको प्रतिक्रिया दिनुहोस


ट्रेण्डिङ